Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढिमा फसेकाहरुको सकुशल उद्धार

        अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढिमा फसेकाहरुको सशस्त्र
प्रहरीले सकुशल उद्धार गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित
लाल बकैया खोलामा फसेका चार जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल
उद्धार गरेको छ ।
        सोही नगरपालिका ४ बस्ने ४४ वर्षिय शेख हुसेन, ५९ वर्षिय शेख दाउत र ४५
वर्षिय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको वहाव बढि
खोलाको किनारमा फसेका थिए ।
        सो बारे जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार
सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
        यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको
वहाव बढ्न गई अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले साउन २३ गते सकुशल
उद्धार गरेको छ ।
        घाँस काट्न गएका उनीहरु एक्कासी पानीको वहाव बढ्न गई अड्किएको भन्ने
जानकारी पाउनासाथै नं. १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित
खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
        त्यसैगरी डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा
अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
        सोही ठाउँ बस्ने १८ वर्षिय महेश भाट र १३ वर्षिय तेज भाट खोला तर्ने
क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बीच भागमा अड्किएका थिए ।
        सो लगत्तै बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र
प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
 
/uploads/news/64d3bb9b75c82.JPG