Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भएको आधारभूत प्रशासनिक प्रशिक्षणका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले बैशाख १४ गते प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकन भ्रमणमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, संचालन, काम कर्तव्य र अधिकार लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, आन्तरिक सुरक्षा चुनौतीहरु, सुरक्षा निकाय तथा समकक्षीहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा राखेका जिज्ञासाहरुको बारेमा समेत उहाँहरुले प्रष्ट पार्नुभएको थियो । सोही क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई संग्रहालय र केन्द्रिय आदेश कक्षको अवलोकन भ्रमण समेत गराईएको थियो । सो टोलीमा १ जना प्रशिक्षक तथा २९ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल ३० जनाको सहभागिता रहेको थियो ।
/uploads/news/W8lPZjx7DkInyIR6qrbOWQ==.jpg
नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भएको आधारभूत प्रशासनिक प्रशिक्षणका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले बैशाख १४ गते प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकन भ्रमणमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, संचालन, काम कर्तव्य र अधिकार लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, आन्तरिक सुरक्षा चुनौतीहरु, सुरक्षा निकाय तथा समकक्षीहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा राखेका जिज्ञासाहरुको बारेमा समेत उहाँहरुले प्रष्ट पार्नुभएको थियो । सोही क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई संग्रहालय र केन्द्रिय आदेश कक्षको अवलोकन भ्रमण समेत गराईएको थियो । सो टोलीमा १ जना प्रशिक्षक तथा २९ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल ३० जनाको सहभागिता रहेको थियो ।