सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
झापा, झापा जिल्लाको कन्काई नगरपालिका ५ स्थित ईलबारीबाट चैत्र ६ गते एपीएफ टोलीले चारैपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ । मे १ ह २४४५ नम्बरको अटो रिक्सामा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा झापा नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । बरामद सामान तथा अटो रिक्साको भन्सार दाखिला मुल्य करीव ४ लाख १५ हजार रपैयाँ रहेको छ । |