Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटनकाठमाडौं, एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन भईरहेको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना समेत दिनुभयो । उहाँले सशस्त्र प्रहरी अधिकृतहरुलाई पेशागत रुपमा सुदृढ, सक्षम, व्यावसायिक एवं दक्ष बनाउनका साथै नेतृत्व तथा व्यवस्थापकीय क्षेत्र र सांगठनिक लक्ष्य प्राप्तीका लागि कोर्षले थप सहयोग पु¥याउने बताउनुभयोे । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै सो कोर्ष निरन्तर रुपमा सफलतापूर्वक संचालन गर्नमा सहयोग पु¥याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै उत्कृष्ट ढंगमा कोर्ष संचालन गरी सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको बताउनुभयो । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा र व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । एपीएफ कमाण्ड तथा स्टाफ कोर्र्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक २ जना र सशस्त्र प्रहरी नायव उपरीक्षक १२ जना सहभागी रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुकोे उपस्थिति रहेको थियो ।
/uploads/news/EdQIdU8GfAfQQpycvuZ66g==.jpg
आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन
काठमाडौं, एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन भईरहेको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना समेत दिनुभयो । उहाँले सशस्त्र प्रहरी अधिकृतहरुलाई पेशागत रुपमा सुदृढ, सक्षम, व्यावसायिक एवं दक्ष बनाउनका साथै नेतृत्व तथा व्यवस्थापकीय क्षेत्र र सांगठनिक लक्ष्य प्राप्तीका लागि कोर्षले थप सहयोग पु¥याउने बताउनुभयोे । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै सो कोर्ष निरन्तर रुपमा सफलतापूर्वक संचालन गर्नमा सहयोग पु¥याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै उत्कृष्ट ढंगमा कोर्ष संचालन गरी सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको बताउनुभयो । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा र व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । एपीएफ कमाण्ड तथा स्टाफ कोर्र्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक २ जना र सशस्त्र प्रहरी नायव उपरीक्षक १२ जना सहभागी रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुकोे उपस्थिति रहेको थियो ।