Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिलबिजक नभएको सामानसहित व्यक्ति तथा गाडी नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले विल विजक नभएको विभिन्न किसिमको सामानसहित चार जना व्यक्ति र चार वटा गाडी नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारा ईलाकाबाट बैशाख ४ गते करीब ९ लाख २३ हजार रुपैयाँ बराबरको किराना सामानसहित झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ४ बस्ने ३४ बर्षिय आकाश वि.क.लाई नियन्त्रणमा लिइएको छ । धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३१४ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा गाडीमा भएको किराना सामानहरुको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो । यसैगरी शिवधारा ईलाकाबाटै बैशाख ४ गते करीब ७ लाख रुपैयाँ बराबरको बिलबिजक नभएको किराना सामानसहित धरानबाट भेडेटारतर्फ जाँदै गरेको को १ च ७२१८ नम्बरको मारुती भेन र भेन चालक सोही उपमहानगरपालिका १६ बस्ने ३२ बर्षिय मनिष के.सी.लाई नियन्त्रणमा लिइएको छ । यसैगरी सोही ठाउँबाट करीब ८ लाख रुपैयाँ बराबरको विभिन्न किसिमको सामान र धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४६२२ नम्बरको मिनि ट्रकसहित धरान उपमहानगरपालिका १३ बस्ने सोभितमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । बिलविजक नभएको स्याउ, बदाम र ढाकाटोपीसहित उक्त गाडीका चालक श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । यस्तै सोही ठाउँबाट बैशाख ३ गते उक्त बेसबाट खटिएको टोलीले करीब ११ लाख ८ हजार रुपैयाँ बराबरको सामान र ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २११८ नम्बरको ट्रकमा बिलबिजक नभएको चुरोट र एलपी ग्यास फेला परेपछि गाडीसहित चालक झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ६ बस्ने ३८ बर्षिय बिपिन कट्वाललाई नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको व्यक्ति, सामान तथा गाडी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
बिलबिजक नभएको सामानसहित व्यक्ति तथा गाडी नियन्त्रणमा
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले विल विजक नभएको विभिन्न किसिमको सामानसहित चार जना व्यक्ति र चार वटा गाडी नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारा ईलाकाबाट बैशाख ४ गते करीब ९ लाख २३ हजार रुपैयाँ बराबरको किराना सामानसहित झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ४ बस्ने ३४ बर्षिय आकाश वि.क.लाई नियन्त्रणमा लिइएको छ । धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३१४ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा गाडीमा भएको किराना सामानहरुको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो । यसैगरी शिवधारा ईलाकाबाटै बैशाख ४ गते करीब ७ लाख रुपैयाँ बराबरको बिलबिजक नभएको किराना सामानसहित धरानबाट भेडेटारतर्फ जाँदै गरेको को १ च ७२१८ नम्बरको मारुती भेन र भेन चालक सोही उपमहानगरपालिका १६ बस्ने ३२ बर्षिय मनिष के.सी.लाई नियन्त्रणमा लिइएको छ । यसैगरी सोही ठाउँबाट करीब ८ लाख रुपैयाँ बराबरको विभिन्न किसिमको सामान र धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४६२२ नम्बरको मिनि ट्रकसहित धरान उपमहानगरपालिका १३ बस्ने सोभितमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । बिलविजक नभएको स्याउ, बदाम र ढाकाटोपीसहित उक्त गाडीका चालक श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । यस्तै सोही ठाउँबाट बैशाख ३ गते उक्त बेसबाट खटिएको टोलीले करीब ११ लाख ८ हजार रुपैयाँ बराबरको सामान र ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २११८ नम्बरको ट्रकमा बिलबिजक नभएको चुरोट र एलपी ग्यास फेला परेपछि गाडीसहित चालक झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ६ बस्ने ३८ बर्षिय बिपिन कट्वाललाई नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको व्यक्ति, सामान तथा गाडी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।