Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिशेष कार्यदल गणमा संचालित सि.सं. १० STF तालिम सम्पन्नकाठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बगलामुखी (विशेष कार्यदल) गण हेक्वा काठमाडौंमा संचालित सि.सं. १० STF तालिम सम्पन्न भएको छ । तालिमको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख ४ गते सोहि गणमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक सागर श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो । महानिरीक्षक अर्यालले नियमित रुपमा सञ्चालन हुने तालिमहरुले संगठनको कार्यक्षमता, फौजलाई गतिशील एवं सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई लगनशील, अनुशासित, कर्तव्यनिष्ठ र पेशागत रुपमा दक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संगठनमा संचालित तालिमहरु मध्ये यस्ता विशेष प्रकृतिको तालिमको महत्व, उपादेयता तथा औचित्य अन्य तालिमहरु भन्दा विशिष्ट रहनुका साथै विशेष गरी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिकुल भूगोल र विशेष परिस्थितीमा समेत कुनै पनि कार्य त्रुटिरहित ढंगबाट सफलतापूर्वक सम्पन्न गर्न सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले राज्यमा भैपरी आउने सुरक्षा चुनौतीको सामना गर्ने हेतु विशेष प्रकृतिको तालिमले विशिष्ट र चुनौतीपूर्ण कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्न सकिने विश्वासले संगठनले परेका बखत जुनसुकै स्थान, जुनसुकै समय र जस्तोसुकै कार्यमा खटिनुपर्छ भन्ने मनस्थिति र दृढताका साथ तयारी हालतमा रहन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम सम्बन्धि विभिन्न डेमोस्ट्रेसन गरेका थिए । १६ हप्ता अवधिको तालिमको अन्तिम प्रवचन कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु र सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/pDPl8MaMaKDWJ8r1eHgjaQ==.jpg
बिशेष कार्यदल गणमा संचालित सि.सं. १० STF तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बगलामुखी (विशेष कार्यदल) गण हेक्वा काठमाडौंमा संचालित सि.सं. १० STF तालिम सम्पन्न भएको छ । तालिमको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख ४ गते सोहि गणमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक सागर श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो । महानिरीक्षक अर्यालले नियमित रुपमा सञ्चालन हुने तालिमहरुले संगठनको कार्यक्षमता, फौजलाई गतिशील एवं सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई लगनशील, अनुशासित, कर्तव्यनिष्ठ र पेशागत रुपमा दक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संगठनमा संचालित तालिमहरु मध्ये यस्ता विशेष प्रकृतिको तालिमको महत्व, उपादेयता तथा औचित्य अन्य तालिमहरु भन्दा विशिष्ट रहनुका साथै विशेष गरी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिकुल भूगोल र विशेष परिस्थितीमा समेत कुनै पनि कार्य त्रुटिरहित ढंगबाट सफलतापूर्वक सम्पन्न गर्न सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले राज्यमा भैपरी आउने सुरक्षा चुनौतीको सामना गर्ने हेतु विशेष प्रकृतिको तालिमले विशिष्ट र चुनौतीपूर्ण कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्न सकिने विश्वासले संगठनले परेका बखत जुनसुकै स्थान, जुनसुकै समय र जस्तोसुकै कार्यमा खटिनुपर्छ भन्ने मनस्थिति र दृढताका साथ तयारी हालतमा रहन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम सम्बन्धि विभिन्न डेमोस्ट्रेसन गरेका थिए । १६ हप्ता अवधिको तालिमको अन्तिम प्रवचन कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु र सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।