Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काबाट शिशु स्याहार र बिओपी भवनहरु उद्घाटनसशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले चैत्र २२ गते नवनिर्मित शिशु स्याहार केन्द्र र बिओपीहरुको भवन उद्घाटन गर्नुभएको छ । नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बागेश्वरी गण बाँके परिसरमा नवनिर्मित शिशु स्याहार केन्द्र, बिल्लादार जवान मेस तथा बाँके जिल्लास्थित बिओपी गंगापुर, खडैचा र बढैयाको लागि नवनिर्मित भवनहरु उद्घाटन गर्नुभएको हो । उहाँले संगठनले सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न विभिन्न किसिमका कल्याणकारी कार्यहरु तथा बृत्तिविकासमा जोड दिँदै आईरहेको उल्लेख गर्नुहुँदै संगठनबाट प्राप्त नीति निर्देशनहरुको अक्षरश पालना गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बाँके जिल्लाको नरैनापुर गाँउपालिकाका प्रमुख इस्तियाक अहमद शाह, जानकी गाँउपालिकाका प्रमुख छब्बन खाँ, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रतिनिधि र सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
/uploads/news/aaayPedDqmDzGdi20KW1IQ==.jpg
सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काबाट शिशु स्याहार र बिओपी भवनहरु उद्घाटन
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले चैत्र २२ गते नवनिर्मित शिशु स्याहार केन्द्र र बिओपीहरुको भवन उद्घाटन गर्नुभएको छ । नायव महानिरीक्षक खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० बागेश्वरी गण बाँके परिसरमा नवनिर्मित शिशु स्याहार केन्द्र, बिल्लादार जवान मेस तथा बाँके जिल्लास्थित बिओपी गंगापुर, खडैचा र बढैयाको लागि नवनिर्मित भवनहरु उद्घाटन गर्नुभएको हो । उहाँले संगठनले सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न विभिन्न किसिमका कल्याणकारी कार्यहरु तथा बृत्तिविकासमा जोड दिँदै आईरहेको उल्लेख गर्नुहुँदै संगठनबाट प्राप्त नीति निर्देशनहरुको अक्षरश पालना गर्दै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बाँके जिल्लाको नरैनापुर गाँउपालिकाका प्रमुख इस्तियाक अहमद शाह, जानकी गाँउपालिकाका प्रमुख छब्बन खाँ, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रतिनिधि र सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।