सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीको गोताखोरले फेला पार्यो माघ ९ गते सेती नदिमा बेपत्ता भएका गुरुङ्गको शव |
गत माघ ९ गते सेती नदिमा हाम फालेर बेपत्ता भएका कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षिय बिश्व बहादुर गुरुङ्गको शव चैत्र २२ गते बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । उनी गत माघ ९ गते उक्त नदिमा हाम फालेर बेपत्ता भएको बताईएको छ । सोही जिल्लाको पोखरा महानगरपालिका १६ दिपस्थित के.आई. सिंह पुलबाट सोही महानगरपालिका १९ लामाचौर बस्ने ३१ वर्षिया अल्का गुरुङ्ग चैत्र २१ गते मंगलबार उक्त नदिमा हाम फालेको भन्ने खबर प्राप्त भए पश्चात नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले उनको खाजीकार्य गर्ने क्रममा बिश्व बहादुर गुरुङ्गको शव फेला पारेको हो । अल्का गुरुङ्गको खोजीकार्य जारी रहेको छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । |