Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

श्रोत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना नियन्त्रणमा सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ बर्षिय गान्धि साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बनिया र भारत घर भई हाल पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ बस्ने १९ बर्षिय अनिल साहलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो । नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।
/uploads/news/+b8UyCfoKCXZR8i60ycV8w==.jpg
श्रोत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना नियन्त्रणमा
सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ बर्षिय गान्धि साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बनिया र भारत घर भई हाल पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ बस्ने १९ बर्षिय अनिल साहलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो । नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।