Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

प्रधान कार्यालयमा बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम शुरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा चैत्र १९ गतेदेखि दुई दिने बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम शुरु भएको छ । संगठनको समसामयीक विषयहरु तथा समस्याहरुको बारेमा छलफल गरी वर्तमान तथा भविष्यमा आउन सक्ने चुनौती तथा अवसरहरुको पहिचान गर्दै भावी कार्य दिशाको मार्गनिर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यस्ता किसिमका कार्यक्रमले संगठनलाई थप गतिशिल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले हजारौँ सदस्यहरु रहेको एउटा सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउनुहुँदै म एक जनाले उर्जा दिएर के हुन्छ भन्ने मानसिकताबाट माथि उठी असम्भव के छ, भन्ने मनस्थिती बनाई शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोवस्ती लगायत राज्यले निर्दिष्ट गरेका म्याण्डेटहरुमा परिचालित हुँदा आईपरेका समस्याको पहिचान, सुधारका क्षेत्रहरु, मौजुदा संयन्त्र एवं परिपाटीमा गर्नुपर्ने परिमार्जनमा विश्लेषण तथा गहन अध्ययन र छलफल गरी समाधानको निकास र निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरु, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, बाहिनीपतिहरु, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक र तालिम शिक्षालयका समादेकहरुकोे उपस्थिती रहने छ ।
/uploads/news/ZBtrh+oqPbLYmkv2M+xxmA==.jpg
प्रधान कार्यालयमा बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम शुरु
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा चैत्र १९ गतेदेखि दुई दिने बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रम शुरु भएको छ । संगठनको समसामयीक विषयहरु तथा समस्याहरुको बारेमा छलफल गरी वर्तमान तथा भविष्यमा आउन सक्ने चुनौती तथा अवसरहरुको पहिचान गर्दै भावी कार्य दिशाको मार्गनिर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यस्ता किसिमका कार्यक्रमले संगठनलाई थप गतिशिल बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले हजारौँ सदस्यहरु रहेको एउटा सिंगो संगठनलाई कुनै व्यक्ति विशेषले मात्र सुधार गर्न सम्भव नरहेको बताउनुहुँदै म एक जनाले उर्जा दिएर के हुन्छ भन्ने मानसिकताबाट माथि उठी असम्भव के छ, भन्ने मनस्थिती बनाई शान्ति सुरक्षा, तालिम, सीमा, विपद् उद्धार, प्रशासन, बन्दोवस्ती लगायत राज्यले निर्दिष्ट गरेका म्याण्डेटहरुमा परिचालित हुँदा आईपरेका समस्याको पहिचान, सुधारका क्षेत्रहरु, मौजुदा संयन्त्र एवं परिपाटीमा गर्नुपर्ने परिमार्जनमा विश्लेषण तथा गहन अध्ययन र छलफल गरी समाधानको निकास र निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरु, प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, बाहिनीपतिहरु, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक र तालिम शिक्षालयका समादेकहरुकोे उपस्थिती रहने छ ।