सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
नवनियुक्त शाखा अधिकृतहरुद्वारा प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण |
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुको लागि संचालन भएको आधारभूत प्रशासनिक प्रशिक्षणका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले चैत्र १६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकन भ्रमणमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, विकासक्रम, संचालन, काम कर्तव्य र अधिकार लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, आन्तरि क सुरक्षा चुनौतीहरु, सुरक्षा निकाय तथा समकक्षीहरुसँगको समन्वय र सहकार्य लगायतका विषयमा राखेका जिज्ञासाहरुको बारेमा समेत उहाँहरुले प्रष्ट पार्नुभएको थियो । सोही क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपालको संग्रहालय र केन्द्रिय आदेश कक्षको अवलोकन भ्रमण समेत गराईएको थियो । सो टोलीमा १ जना प्रशिक्षक तथा २६ जना प्रशिक्षार्थी अधिकृतहरु गरी कुल २७ जनाको सहभागिता रहेको थियो । |