Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको १९औँ वार्षिकोत्सव सम्पन्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंको १९औँ वार्षिकोत्सव कार्यक्रम चैत्र १० गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा महानिरीक्षक अर्यालले बाहिनी तथा बाहिनी मातहत अन्य युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्थापना दिवसले कार्यक्षेत्रमा खटिदा थप उर्जा र हौसलाका साथ परिचालित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा र शुभकामना दिनुहुँदै यस्ता प्रकारका कार्यक्रमहरुलाई सभ्य, सरल र सहभागितात्मक तवरले संचालन गरी संस्कृतिको रुपमा अगाडी बढाउन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको योगदान उल्लेखनिय रहने बताउनुभयो । उहाँले युनिटको स्थापना दिवस मनाउने परम्पराको थालनीले राष्ट्रसेवकहरुमा आफ्नो युनिट प्रतिको सामिप्यता मात्र बढाउने नभई युनिटप्रति इमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई आफ्नो युनिटको कार्यसम्पादनमा जवाफदेहिताको भावनाको समेत विकास हुने बतानुभयो । सशस्त्र प्रहरी बल नेपाललाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारिरीक रुपमा सबल र मानसिक रुपमा सक्षम हुनु अपरिहार्य रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन, संगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनै पर्दछ ।’ उहाँले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दया र मायाले होइन पद्धतीे हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै आफ्नो व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राखी कमाण्डर र नेतृत्व तहसँग हातेमालो गर्दै अगाडी बढेमा संगठन बिकास र विस्तारमा सदैव सफलता मिल्ने बताउनुभयो । महानिरीक्षक अर्यालले विगतमा सशस्त्र प्रहरी बल नेपालमा संगठनले मात्र स्थापना दिवस मनाउने परम्परा रही आएतापनि हालका दिनहरुमा बाहिनीदेखि गुल्म सम्मका स्थायी युनिटहरुले पनि स्थापना दिवस मनाउन देखाएको तदारुपकता र सकृयताको प्रशंसा गर्नुहुँदै स्थापना दिवसलाई हर्ष, उल्लास र मनोञ्जन सँगसँगै पेशागत दक्षता बढाउने किसिमका प्रतियोगिता संचालन तथा हरेक कर्मचारीले आफूलाई अब्बल सावित गर्ने महत्वपूर्ण अवसर र प्रतिस्पर्धाको मन्चको रुपमा लिने अवस्था सिर्जना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल र सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले वार्षिकोत्सवको अवसरमा संचालन गरिएको विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप–प्रमुख बसन्ती श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत र विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/oAlgQ2sh1kR5Qjnn2WpauA==.jpg
नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको १९औँ वार्षिकोत्सव सम्पन्न
सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंको १९औँ वार्षिकोत्सव कार्यक्रम चैत्र १० गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा महानिरीक्षक अर्यालले बाहिनी तथा बाहिनी मातहत अन्य युनिटहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्थापना दिवसले कार्यक्षेत्रमा खटिदा थप उर्जा र हौसलाका साथ परिचालित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा र शुभकामना दिनुहुँदै यस्ता प्रकारका कार्यक्रमहरुलाई सभ्य, सरल र सहभागितात्मक तवरले संचालन गरी संस्कृतिको रुपमा अगाडी बढाउन सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको योगदान उल्लेखनिय रहने बताउनुभयो । उहाँले युनिटको स्थापना दिवस मनाउने परम्पराको थालनीले राष्ट्रसेवकहरुमा आफ्नो युनिट प्रतिको सामिप्यता मात्र बढाउने नभई युनिटप्रति इमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई आफ्नो युनिटको कार्यसम्पादनमा जवाफदेहिताको भावनाको समेत विकास हुने बतानुभयो । सशस्त्र प्रहरी बल नेपाललाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न संगठनका हरेक सदस्य शारिरीक रुपमा सबल र मानसिक रुपमा सक्षम हुनु अपरिहार्य रहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन, संगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनै पर्दछ ।’ उहाँले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दया र मायाले होइन पद्धतीे हावी हुने अवस्था सिर्जना गरी सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताउनुहुँदै आफ्नो व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राखी कमाण्डर र नेतृत्व तहसँग हातेमालो गर्दै अगाडी बढेमा संगठन बिकास र विस्तारमा सदैव सफलता मिल्ने बताउनुभयो । महानिरीक्षक अर्यालले विगतमा सशस्त्र प्रहरी बल नेपालमा संगठनले मात्र स्थापना दिवस मनाउने परम्परा रही आएतापनि हालका दिनहरुमा बाहिनीदेखि गुल्म सम्मका स्थायी युनिटहरुले पनि स्थापना दिवस मनाउन देखाएको तदारुपकता र सकृयताको प्रशंसा गर्नुहुँदै स्थापना दिवसलाई हर्ष, उल्लास र मनोञ्जन सँगसँगै पेशागत दक्षता बढाउने किसिमका प्रतियोगिता संचालन तथा हरेक कर्मचारीले आफूलाई अब्बल सावित गर्ने महत्वपूर्ण अवसर र प्रतिस्पर्धाको मन्चको रुपमा लिने अवस्था सिर्जना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल र सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले वार्षिकोत्सवको अवसरमा संचालन गरिएको विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उप–प्रमुख बसन्ती श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत र विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।