सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ |
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बेलहियाबाट फागनु २६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका १ बस्ने असिम रोक्का मगरलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजापाम २५ सीसी, फेनरागन २३ सीसी, नाईट्राजिपाम ट्याब्लेट ५० वटा र नोफिन २४ सीसी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । |