Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ३ गते आयोजित समारोहमा सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई समेत सम्मान गर्नुभएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र बंशीराज दाहालले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो स्थान हासिल गरेको थियो । कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढि विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउनुहुँदै उहाँले आगामी दिनमा समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरुलाई एक तह बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो । उहाँले खेलाडीहरुले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुहुँदै आगामी दिनमा नेपाल एपीएफ क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले क्लबमा आवद्ध सम्पूर्ण खेलाडी तथा क्लबलाई सहयोग पुर्‍याउने संघसंस्था र महानुभावहरुप्रति आभार समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
/uploads/news/90yn7E8qv1m6uQS4oHRLfQ==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’मा सहभागी भई विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ३ गते आयोजित समारोहमा सो प्रतियोगितामा स्वर्ण पदक, रजत तथा कास्य पदक विजेता नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई समेत सम्मान गर्नुभएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र बंशीराज दाहालले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानहरुमा संचालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक सहित दोश्रो स्थान हासिल गरेको थियो । कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त समारोहमा सो प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामुहिक खेलतर्फ दुई वा दुई भन्दाबढि विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यसअवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउनुहुँदै उहाँले आगामी दिनमा समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल एपीएफ क्लबबाट सहभागी भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत सशस्त्र प्रहरी बल नेपालले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरुलाई एक तह बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो । उहाँले खेलाडीहरुले प्राप्त गरेको सफलतालाई कायम राख्दै अझै राम्रो र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुहुँदै आगामी दिनमा नेपाल एपीएफ क्लबलाई थप विकास गर्दै लैजाने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले क्लबमा आवद्ध सम्पूर्ण खेलाडी तथा क्लबलाई सहयोग पुर्‍याउने संघसंस्था र महानुभावहरुप्रति आभार समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र वंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।