सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
झापा, झापा जिल्लाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीबाट फागुन २१ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ च ३२५३ नम्बरको महेन्द्रा पिकअप गाडीमा जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बैगनधुराबाट खटिएको एपीएफ टोलीले उक्त गाडीमा राखी अवैध रुपले ल्याउँदै गरेको किराना सामानहरु बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग गरिएको सो गाडी समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान तथा गाडीको भन्सार दाखिला मुल्य करीव ८ लाख ४ हजार रुपैयाँ रहेको छ । |