सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
श्रोत नखुलेको रुपैयाँ सहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ |
सिरहा, सिरहा जिल्लाको बजारपट्टि गाउँपालिका ३ स्थित छोटी भन्सार ईलाकाबाट असार १४ गते सशस्त्र प्रहरीले ७ लाख ७ हजार ५ सय ७० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिर्चैया नगरपालिका १ बस्ने २५ वर्षिय दयानाथ कापत, ४८ वर्षिय जगनाथ साह, ३३ वर्षिय उमेश साह र ३१ वर्षिय रविन साह छन् । से ८ प १३६९ र स ३ प २४७८ नम्बरको मोटरसाईलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बरियारपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत नखुलेपछि दुवै मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ । |