Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा सामान बरामद |
काठमाडौं, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २० गते सशस्त्र प्रहरीले करीव ६ लाख ८८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित अरुवा खोला पुलबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव ५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । ना २ ख ८४५९ नम्बरको ट्रकमा राखेर अवैध रुपले लैजाँदै गरेको उक्त सामानको कागजपत्र फेला नपरपछि सशस्त्र प्रहरी बल नेपाल बिओपी सर्मजुवाबाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको अन्दाजी मुल्य २० लाख रुपैयाँ रहेको छ । |