सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
नेपाल एपीएफ अस्पतालको १७ औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रमको आयोजनाः |
काठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सव चैत्र ७ गते बिविध कार्यक्रमको आयोजना गरी मनाएकोे छ । अस्पतालले चैत्र ६ गते रक्तदान कार्यक्रमको आयोजना गर्नुकासाथै नेपाल एपीएफ स्कुल किर्तिपुर र कोहलपुरमा स्वास्थ्य शिविर संचालन गरी करिब ४ सय जना बिद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको छ । बार्षिकोत्सवको अवसरमा सो अस्पतालमा आयोजित एक कार्यक्रमका विच अस्पतालका प्रमुख प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक डा. रुपक महर्जनले अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने २६ जना स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सो अस्पताल स्थापना सगै प्रदान गरिएको स्वास्थ्य सेवालाई बिशिष्टीकरण गर्दै हाल एम आर आई, सिटीस्क्यान, इको आदी सुबिधा थप गदै बिशेषज्ञ चिकित्सकद्धारा उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गदै आईरहेको चर्चा गर्नुहुदै बिश्वब्यापी कोभिड १९ महामारीको बेला अस्पतालले प्रदान गरेको स्वास्थ्य उपचार सेवाको बिभिन्न क्षेत्रहरुबाट प्रशंसा भईरहेको बताउनुभयो । अस्पतालका प्रमुख डा. महर्जनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुको सामुहिक भावना इमान्दारीता तथा योगदान प्रति त्यसै अबसरमा हार्दिक आभार प्रकट गर्नुभयो । यसैगरी बार्षिकोत्सवकै अवसरमा चैत्र ५ गते अस्पताल परिसरमा बिभिन्न प्रजातीका ५२ वटा बिरुवाहरु बृक्षारोपण गरिएको हो । २०६२ साल चैत्र ७ गते स्थापना भएको नेपाल एपीएफ अस्पतालले हाल ३ सय ५० बेडको अस्थाई स्विकृति प्राप्त गरी उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । ४ वटा प्रदेशमा क्षेत्रिय अस्पताल समेत स्थापना भईसकेको छ । |