सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ |
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले फागुन ६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । तनहुँ जिल्लाको भानु नगरपालिका ७ बस्ने २९ वर्षिय सुनिल थापामगरलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निजलाई जाँच गर्दा उनको साथमा नुफिन १७ बोतल, फेनारगन १३ बोतल र डाईजापाम १७ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । |