सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
विभिन्न किसिमका सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ |
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट मंसीर १५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका सामानसहित सोही ठाउँ बस्ने ३० वर्षिय प्रेमसागर रायलाई पक्राउ गरेको छ । कुरियरगरी भारततर्फ लैजाँदै गरेको अवस्थामा बुद्धमाला ४ सय थान, तामाको प्लेट १४ थान, मन्दिरको कलात्मक सामान ३६ थान, त्रिकोण बक्स १ थान, नेपाली राहधानी ३ थान, कुमारी बैंकको पाँच लाखको बाउन्स चेक एक थान तथा विदेश जानको लागि चाहिने विभिन्न कागजपत्रहरुसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ । |