सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद |
काठमाडौं, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित कवलपुर ईलाकाबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड लत्ताकपडा र सुर्ती बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी रौतहट जिल्लाको पहोर नगरपालिका ८ स्थित नरकटीयाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाइलसेट बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त मोवाइलसेट सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश नरकटियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असोज २२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, मोटरपार्टस तथा किराना सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । |