एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालन

07th October, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा चौंथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले असोज २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहबीच चौथो समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा गहन अध्ययन र परिश्रमबाट उक्त कार्षको प्रवेश परिक्षामा उत्तीर्ण भई सो कार्षमा छनोट भएकोमा परिक्षार्थी अधिकृतहरुले गर्व गर्नुपर्ने चर्चा गर्नुहुँदै मेहनतकासाथ उक्त कोर्ष सम्पन्न गर्नुपर्ने बताउनुभयो । एपीएफ अधिकृतहरुको व्यावसायिक क्षमता र योग्यतामा अभिवृद्वि गरि भविष्यमा संगठनको नेतृत्व गर्नसक्ने सक्षम अधिकृत उत्पादन गर्ने उद्देश्यले सो स्टाफ कलेज स्थापना भएको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज आफ्नो उद्देश्य प्राप्तीको दिशामा प्रभावकारी ढंगले अगाडी बढिरहेको उल्लेख गर्नुभयो । उहाँले सो कोर्षबाट नेतृत्व विकास, व्यावसायिक कार्यकूशलता, फौजको परिचालन लगायतका विविध प्रकृतीका क्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुहुँदै भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले कोर्ष संचालनको लागि नेपाल सरकार गृहमन्त्रालय र त्रिभुवन विश्वविद्यालयबाट प्राप्त सहयोग तथा सहकार्य प्रति आभार प्रकट गर्नुभयो । त्रिभुवन विश्वविद्यालय (मानबिकि तथा समाजशास्त्र)का डिन शिवलाल भुसालले यस्ता कोर्षले एपीएफ अधिकृतको ज्ञान र क्षमतामा अभिवृद्धि हुने चर्चा गर्नुहुँदै कोर्ष उपयोगी रहेको उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले आफ्नो कार्यक्षेत्र भित्रका विविध कामकारवाहीमा सफलता प्राप्त गरिरहेको बताउनुुहुँदै संगठनले आफ्नो दायित्व निर्वाहमा उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्नुभयो । यस कोर्ष संचालनमा त्रिभुवन विश्वविद्यालयबाट सहयोग भईरहेको स्मरण गर्नुहुँदै उहाँले आगामी दिनहरुमा समेत आवश्यक सहयोग र समन्वय भई रहने बताउनुभयो । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक संयोजक अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले उक्त कोर्षले एपीएफ अधिकृतको नेतृत्व विकासमा महत्वपूर्ण सघाउ पु¥याउने चर्चा गर्नुहुँदै संगठनको लागि उक्त कोर्ष फलदायी रहेको बताउनुभयो । ज्ञान, सिप तथा व्यावसायिक क्षमता अभिवृद्धिमा यस कोर्षले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुहुँदै उहाँले कोर्षको समाप्तीपछि प्रशिक्षार्थीहरुले अझै बढि योगदान पु¥याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. किशोर प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कोर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्ध व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र विकास, सीमा, भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विषयहरु समेटिएको कुरा समारोहमा चर्चा गरिएको थियो । १८ महिना अवधिको उक्त कोर्षमा कूल १२ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सहभागी रहेका छन् ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम