निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाबाट एफपीयुको रुपमा साउथ सुडानतर्फ जान लागेको एपीएफ टोलीको विदाई

10th August, 2018
काठमाडौं, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणबावु थापाले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फर्म्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो । समारोहलाई सम्बोधन गर्नुुहँदै निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाले संयुक्त राष्ट्रसंघको मातहतमा रहेर द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले देशको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्यगर्न निर्देशन दिनुभयो । उहाँले शान्तिस्थापनार्थ साउथ सुडानतर्फ जान लागेको सो टोलीलाई उहाँहरुले संगठनमा रहेर शान्ति सुरक्षा गर्ने कार्यमा प्राप्त अनुभवलाई मिसन इलाकामा समेत सदुपयोग गर्दै अनुशासित, बफादार तथा इमान्दार भएर उत्कृष्ट कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाले एपीएफ टोलीले मिसनमा रहँदा विभिन्न राष्ट्रका सुरक्षाकर्मीहरु सँग मिलेर सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी निरीक्षक करबहादुर घर्तिमगरको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल ९९ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम