एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषसहित पक्राउ

09th August, 2018
काठमाडौं, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ बाट साउन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सुन्दरहरैचा नगरपालिका ६ बस्ने २२ वर्षिय आशिष घिमिरे, सोही जिल्लाकै बिराटनगर महानगरपालिका ११ बस्ने २४ वर्षिय आशिष परियार र झापा जिल्लाको शनिश्चरे नगरपालिका बस्ने १९ वर्षिया सुष्मा कार्की छन् । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा मोरङ नम्बर ९ गुल्मबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा लुपिजेसिक २ बोतल, डाईजीलेव २ बोतल, एभिल २ बोतल, फेनारगन २ बोतल र ४ वटा नाईट्रोजन ट्याब्लेट फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट ५ थान मोवाईल फोनसमेत बरामद गरेको छ । यसैगरी धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटही चोकबाट साउन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ८ बस्ने १९ वर्षिय कृष्ण शर्मा र सोही जिल्लाको नगराईन नगरपालिका २ बस्ने २० वर्षिय रामनाथ सरदार छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काको कमाण्डमा खटिएको एपीएफ टोलीले संका लागि जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट १० वटा, स्पास्मो १ वटा, १० ग्राम गाँजा र मोवाईल फोन १ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा मोवाईलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम