सशस्त्र प्रहरी बलको गोताखोरद्वारा गोकियो तालबाट एक जनाको शव निकाल्यो

08th August, 2018
काठमाडौं, सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका स्थित गोकियो तालमा नुहाउने क्रममा डुवेर हराइरहेकाहरु मध्ये पेम्वा नोर्वु शेर्पाको शव बुधबार विहान सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सो तालबाट निकालेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा दुई जना गोताखोरसहित विपद व्यवस्थापन तालिम प्राप्त कूल पाँच जनाको एपीएफ टोली आवश्यक उद्वार सामाग्रीसहित मंगलबार बिहान खोजी तथा उद्वार कार्यको लागि हेलीकोप्टरद्वारा काठमाडौबाट त्यसतर्फ प्रस्थान गरेको थियो । सो टोलीले विहान ९ बजेर ४५ मिनेटबाट खोजी कार्य सुरु गरेको हो । त्यसक्रममा गोताखोर टोलीले करीव २ घण्टाको अवधिमा हराई रहेका विद्यार्थीहरुमध्ये निज शेर्पाको शव तालबाट बाहिर निकाल्न सफल भएको हो । सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका ४ स्थित खुम्जुङ माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरु यही साउन १८ गते सो ताल नजिक शैक्षीक भ्रमण गएकोमा भोलीपल्ट १९ गते विहान तालमा नुहाउने क्रममा डुवेर हराएका थिए । सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको टोलीले डुवेर वेपत्ता भएका पेम्वादोर्जे शेर्पा र सुमन वराइलीको व्यापक रुपमा खोजीकार्य गरिरहेको छ ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम