सशस्त्र प्रहरी महानिरीक्षक खनाल भारत प्रस्थान

07th August, 2018
काठमाडौं, भारतको नयाँ दिल्लीमा हुने ‘थर्ड कोअर्डीनेशन मिटिङ’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले शुभकामनासहित हार्दिक विदाई गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालका साथ त्यसतर्फ गएको नेपाली प्रतिनिधि मण्डलमा सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना छन् । यसैगरी सो प्रतिनिधि मण्डलमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशिलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. ईला मैनाली समेत छन् । सशस्त्र प्रहरी महानिरीक्षक तथा भारतको सशस्त्र सीमा बलका महानिर्देशक बीच हुने उक्त ‘कोअर्डीनेशन मिटिङ’ यही साउन २२ गतेदेखि २५ गतेसम्म हुने कार्यक्रम रहेको छ ।

RECENT NOTICE ...more

2018-10-14
सप्रज र सप्रप पदको बैकल्पिक उम्मेदवारहरुको नियुक्ति सम्बन्धमा
2018-10-14
(स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र) राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७५-०७६
2018-10-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/R/06/2075/076
2018-10-12
बढुवा समितिले अंङ्क दिने प्रयोगजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम
2018-10-11
स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2018-10-11
स.प्र.स.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समुह, स्वास्थ्य तर्फ)
2018-10-11
स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
स.प्र.ब.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-05 - 2018-10-27
Invitation for Bids
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम