सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सव कार्यक्रम

01st July, 2018
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो १७औं वार्षिकोत्सवको पुनित अवसरमा आज एक कार्यक्रमको आयोजना ग¥यो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्थित नेपाल एपीएफ क्लव हलमा भएको उक्त विशेष समारोहको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा सो संघले समाज सेवाको क्षेत्रमा आफ्नो क्षमताले भ्याएसम्मको योगदान गरिरहेको स्मरण गर्नुहँुदै सेवाको क्षेत्रमा आईजिपीको श्रीमती देखि जवानको श्रीमतीसम्म सबैको योगदान समान रहने चर्चा गर्नुभयो । उहाँले राष्ट्र र जनताको सेवा र सुरक्षाका लागि सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुले सानो ठूलो नभनी पदीय जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्नुहँुदै सो संघमा आवद्ध पदाधिकारी लगायत सदस्यहरुले समेत सानो ठूलो नभनी योगदान पु¥याईरहनु पर्ने चर्चा गर्दै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुकका लागि योगदान हुने बताउनुभयो । सशस्त्र प्रहरी कर्मचारीले बाटो विराउन खोजेमा सो संघका पदाधिकारीले घर भित्रै ‘करेक्सन’ गरि भ्रष्टाचारमा शून्य शहनसिलताको संगठनको नीतिलाई सफल तुल्याउन सहयोग पु¥याउन आग्रह गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले घरबाटै ‘नन् करप्टेड’ हुन सल्लाह सुझाव भएमा मुलुकका लागि योगदान पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो संघले गर्ने हरेक रचनात्मक कार्यमा सशस्त्र प्रहरी बल सधै साथीको रुपमा रहिरहने उल्लेख गर्नुहुँदै राष्ट्रले चाहेको जस्तो सशस्त्र प्रहरी बल बनाउन संगठन संगै संघ परिवारको पनि भूमिका महत्वपूर्ण रहने भएकोले संघबाट सधैं सहयोग प्राप्त हुने अपेक्षा समेत गर्नुभयो । कार्यक्रममा सो संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुहँुदै सो संघले समाज सेवाको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको तथा आगामी दिनहरुमा समेत आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य पूर्तीमा कृयाशिल रहिरहने बताउनुभयो । उहाँले संघले वर्षभरीमा गरेका कामकारवाही बारे समेत चर्चा गर्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले संघको विकास विस्तारमा योगदान पु¥याउनु भएका संघका पूर्व अध्यक्षहरु कल्पना थापा, शान्ति वली, रत्ना बस्नेत, दिपा लामा र डा. अनारकली (पिया) श्रेष्ठको अतुलनिय योगदानको कदर गर्दै ताम्रपत्रमा प्रशंसा पत्रसहित दोसल्ला ओढाई सम्मान गर्नुभयो । संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्ति स्वरुप जनही नगद १२ हजार तथा स्कूल व्याग र प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा योगदान पु¥याउनु भएका महानुभावहरु तथा संघको विविध कृयाकलापमा सहयोग पु¥याउने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले देशको विभिन्न भागमा रहेका सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईमा रहेर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल फरक शारिरीक क्षमता भएका छात्राहरुलाई जनही १२ हजार रुपैयाँ राशीको छात्रवृत्तिसहित स्कूल व्याग तथा प्रमाणपत्र प्रदान गर्नुभयो । संघकी सल्लाहकार सदस्य श्रीमती पेमा लामा श्रेष्ठले सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्तती तथा संघद्वारा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएका विद्यार्थीहरुलाई संघको तर्फबाट छात्रवृत्ति प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरु तथा विभिन्न संघ संस्थाका महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-21
स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा मातहत कार्यालयहरुको झण्डा तथा आर्म ब्याचको नमुना ।
2018-09-21
UNAMID Vacancy
2018-09-17
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान (सप्रबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय)
2018-09-16
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पदको अन्तिम मिति र सम्पर्क मिति सम्बन्धमा
2018-09-16
(नेपाल एपिएफ स्कुल) प्रधानाचार्य पदको अन्तिम नतिजा प्रकाशन गरीएको सम्बन्धमा
2018-09-11
सिलबन्दी बोलपत्र आह्वानको सूचना (आर्मोरर, मर्मत, श्रव्य दृश्य, संचार र सवारी सम्बन्धी)
2018-09-07
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2018-09-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना
2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-08-31 - 2018-09-30
Human Resources Officer (P3)
2018-08-31 - 2018-09-30
Transport Officer (P3)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम