सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

13th June, 2018
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षकमा पदोन्नती हुनुभएकाहरुलाई बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोह बीच दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालय (सचिवस्तर)को यही जेठ २९ गतेको नियर्णले उहाँहरु सशस्त्र प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा संगठन प्रतिको समर्पण एवं कार्यक्षेत्रमा उहाँहरुले पु¥याएको योगदान, अनुशासन र उत्कृष्ट व्यावसायिकताको उच्च मूल्याङ्कन गर्दै पदोन्नती गरिएको बताउनुभयो । उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई लगनशील, कटिवद्ध एवं अनुशासित भई पदिय मर्यादामा रहेर उच्च मनोवलका साथ पुरा गर्नुपर्ने बताउनुहँुदै राष्ट्र र नागरीकको हितमा सधैं कृयाशिल रहन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई प्राप्त हरेक जिम्मेवारीलाई सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले सामुहिक भावनाकासाथ व्यावसायिक ढंगले पुरा गर्नेतर्फ अग्रसर रहनुपर्ने चर्चा गर्नुहुँदै बलका राष्ट्रसेवक कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्षेत्रहरुमा इमान्दार, बफादार तथा व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर लाग्नुपर्ने बताउनुभयो । भ्रष्टाचार एवं लैगिंक हिंसाको घटनामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेकोे चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा मानअधिकारको संरक्षण गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4