अवैध रुपले काठ ओसार्ने कार्यमा संलग्न सशस्त्र प्रहरी नायव उपरीक्षकसहित चार जनालाई निलम्वन गरि कारवाही गर्ने प्रक्रिया सुरु

13th June, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीलाई सशस्त्र प्रहरी बलले आज निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरेको छ । उक्त घटनामा संलग्न रहेका अन्य तीन जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलन कुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको छ । उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो । सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भिर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानवीन समिति गठन गरिएको थियो । छानवीन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसिना सदस्य रहेका छन् । प्रारम्भिक छानवीनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा कुनै जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको हो । छानवीन समितिले स्थलगत अध्ययन गर्नुकासाथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन दिएको छ । तत्काल उनीहरुलाई निलम्वन नगरिदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरिएको हो । उक्त घटनालाई सशस्त्र प्रहरी बलले गम्भिरताकासाथ लिएको छ र दोषी उपर कडा कारवाही गरिने छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-06-18
सशस्त्र प्रहरी निरीक्षकहरुको पदस्थापन
2018-06-17
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APF/NCB/G/08/2074/075)
2018-06-15
प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकहरुको पदस्थापन सम्बन्धमा (प्राविधिक समुह,स्वास्थ्य तर्फ)
2018-06-15
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुको सरुवा सम्बन्धमा
2018-06-15
प्राविधिक स.प्र.ना.उ. हरुको पदस्थापन सम्बन्धमा(प्राविधिक समुह,स्वास्थ्य तर्फ)
2018-06-15
प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-15
प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-14
Communication Spare Parts आपूर्ति स्वीकृत गरीएको सम्बन्धमा
2018-06-13
सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-12
सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-12 - 2018-07-01
UN Police Reform Officer (Technical Assistance Advisor for UNMISS Police Commissioner),P-3