गृहसचिव राईबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

23rd April, 2018
काठमाडौं, गृहसचिव प्रेमकुमार राईले सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा गृहसचिव राईसमक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाही, जनशक्ति, साधनश्रोत, परिचालन, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा विस्तृतरुपमा जानकारी गराउनुभएको थियो । गृहसचिव राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले स्थापनाको उद्देश्य पुरा गर्ने दिशामा यस संगठन सफल ठहरिएको चर्चा गर्नुहुँदै प्राप्त कार्यादेशलाई प्रभावकारी रुपले कार्यान्वन गर्दै आइरहेको भन्दै संगठनको प्रशंसा समेत गर्नुभयो । उहाँले अन्य सुरक्षा निकायको साथसाथै सशस्त्र प्रहरी बलको भूमिका पनि मुलुकको शान्ति सुरक्षा कार्यमा सधैं महत्वपूर्ण रहने चर्चा गर्नुभयो । गृहसचिव राईले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि, विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, मानव बेचबिखन नियन्त्रण लगायतका आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । वृत्तिविकास, तालिम, सेवासुविधा, स्रोतसाधन र जनशक्ति अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्नुहँुदै गृहसचिव राईले संगठनका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने चर्चा गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सरकारले सुम्पेको हरेक जिम्मेवारीहरुलाई कुशलतापूर्वक पुरागर्दै सशस्त्र प्रहरी बल नेपाल जनमानसमा स्थापित हुन सफल भएको चर्चा गर्नुहुँदै मुलुक र मुलुकवासीको सेवा र सुरक्षाको लागि संगठनको सम्पूर्ण जनशक्ति अहोरात्र खटिरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कार्यको साथसाथै विपद व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, औद्योेगिक क्षेत्र, सीमा तथा भन्सार नाका, विशिष्ट व्यक्ति एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा लगायत राज्य प्रदत्त जिम्मेवारी पुरागर्ने शिलशिलामा कार्यक्षेत्रमा उच्चस्तरबाट परिचालित भई सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै प्रभावकारी ढंगबाट कार्य गरिरहेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकास एवं बलका अधिकृत जवानहरुलाई उत्प्रेरणा गर्ने खालको कल्याणकारी कार्ययोजना तर्जुमा गर्नेतर्फ संगठन लागिपरेको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सरुवा, बढुवा, तालिम लगायतका अवसरहरु न्यायोचित ढंगले प्रदान गरिने बताउनुभयो । कार्यक्रममा गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु एवं विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4