एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

20th April, 2018
काठमाडौं, धनुषा जिल्लाको विदेह नगरपालिका २ स्थित दुहवीबाट बैशाख ७ गते एपीएफ टोलीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल भित्र्याइएको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक होमनाथ नेपालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । यसैगरी रौतहट जिल्लाको परोहा नगरपालिका ८ स्थित नरकटीया भन्ने स्थानबाट बैशाख ७ गते एपीएफ टोलीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । दुई वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको दुई बोरा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै कपडा ल्याउने व्यक्तिहरु उक्त मोटरसाइकल र लत्ताकपडा छाडी भागेका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा र दुई वटै मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4