अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको विदाई :

11th April, 2018
काठमाडौं, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा चैत्र २८ गते आयोजित विशेष समारोहका बीच विदाई गरिएको छ । सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरिएको छ । उक्त विशेष समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उहाँहरुलाई फुलमाला र खादा लगाई हार्दिक बिदाई गर्नुभयो । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उहाँहरुलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी निवर्तमान अध्यक्ष श्रीमती सरिता श्रेष्ठ तथा निवर्तमान उपाध्यक्षद्वय आशा शाही र मुना ओझालाई संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरिता खनालले फुलमाला तथा खादा ओढाई हार्दिक विदाई गर्नुका साथै मायाको चिनो प्रदान गर्नुभयो । स–सम्मान विदाई हुनुभएका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले उक्त विशेष समारोहलाई सम्बोधन गर्नुहँुदै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आईपुग्दा आफुलाई दायित्व निर्वाहमा सहयोग पु¥याउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गर्नुभयो । उहाँले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्नुुहुँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो । तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी आफुले राष्ट्रिय दायित्व पुरा गरेको चर्चा गनुहुँदै उहाँले आफ्नो कार्यकालमा गर्न बाँकी रहेका सांगठानिक कामकारवाहीलाई नयाँ नेतृत्वले पुरागर्ने विश्वास व्यक्त गर्नुहँुदै आगामी नेतृत्वलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट हरतरहले सहयोग पु¥याउनुपर्ने बताउनुभयो । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको विकास र प्रगतिमा अग्रज नेतृत्व वर्गबाट भएको योगदानको प्रशंसा गर्नुहुँदै पूर्वज नेतृत्व वर्गले गरेका उत्कृष्ट कार्यलाई आत्मसाथ गर्दै उहाँहरुबाट प्राप्त सहयोग, सदभाव, मार्गदर्शन र प्रेरणाले आउँदा दिनमा संगठनले थप उपलब्धी हासिल गर्ने बताउनुुभयो । उहाँले सुरक्षा चुनौती र अवसरहरुलाई दृष्टिगत गर्दै अपेक्षाकृत कार्यसम्पादनमा योजनाबद्ध तरिकाले अझै प्रभावकारी ढंगले सक्रिय रहने चर्चा गर्नुहुँदै उच्चस्तरीय व्यवस्थापकीय क्षमता र सुझबुझकासाथ व्यावसायिक कामकारवाहीमा अझै सशक्त तवरले कटिवद्ध रहने उल्लेख गर्नुभयो । संगठनको लक्षित उद्देश्य र प्राप्त कार्यादेशलाई पुरागर्नेतर्फ दत्तचित्त भएर लागिरहने बताउनुहुँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रतिकुलतालाई अनुकुलतामा बदल्दै नीतिगत एवं व्यवहारगत रुपमा आफ्ना क्रियाकलापहरुलाई परिमार्जित एवं परिस्कृत गर्दै अगाडि बढ्ने कुरा समेत उल्लेख गर्नुभयो । आजैबाट अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीले सेवा प्रवेश, सरुवा, बढुवा र अवकाश नियमित प्रक्रिया भएको उल्लेख गर्नुहुँदै अवकाश पश्चात पनि सशस्त्र प्रहरी बल नेपालको निकट रहेर सदैव सहयोग पु¥याईरहने बताउनुभयो । यसैगरी आजैबाट अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले जन्मपछि मृत्यु अकाट्य रहेझै सेवा प्रवेशपछि अवकाश प्राप्त गर्नु नौलो कुरा नभएको उल्लेख गर्नहुँदै आफुले जे जति प्राप्त गरिन्छ त्यसमा सन्तुष्ट रहँदै अनुशासित ढंगबाट दायित्व निर्वाहमा कटिबद्व रहनुपर्ने उल्लेख गर्नुभयो । उक्त विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनत कुमार बस्नेत र दुर्जकुमार राई लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-07-16
प्रा.स.प्र.ब.ह पदमा बढुवा सिफारिस सूचना प्रकाशित गरिएको सम्बन्धमा(संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2018-07-16
मौजुदा सूचि प्रकाशित गरिएको सम्बन्धमा
2018-07-15
बढुवा सिफारिस सूचना प्रकाशित । (सप्रबह)
2018-07-13
खरिद कारबाही रद्द गरीएको सूचना (नेपाल ए.पी.एफ.अस्पताल, बलम्बु, काठमाण्डौं)
2018-07-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.१ (औषधी तथा औषधीजन्य सामाग्रीहरु) सच्याईएको सूचना
2018-07-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.१ (औषधी तथा औषधीजन्य सामाग्रीहरु)
2018-07-06
सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा सम्बन्धमा
2018-07-06
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा सम्बन्धमा
2018-07-05
सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा पदस्थापन।
2018-07-04
राजपत्राङ्कित, राजपत्रअनङ्कित सशस्त्र प्रहरी कर्मचारीहरुको मुल्याङ्कन फारम
2018-07-03 - 2018-08-29
UN Vacancy for Police Planning Adviser, P-4 (United Nations Office in Africa Union)