सशस्त्र प्रहरी कर्मचारीहरुका लागि बन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षण सम्बन्धि तालिम संचालन

09th April, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षण सम्बन्धि प्रशिक्षक तालिम संचालन भएको छ । उक्त तालिमको चैत्र २६ गते आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशरीराज पण्डितले विधिवत रुपमा सुभारम्भ गर्नुभयो । कार्यकारी निर्देशक पण्डितले सो अवसरमा स्वच्छ वातावरण तथा पर्यावरणीय सन्तुलनका लागि महत्वपूर्ण रहने वन्यजन्तुको संरक्षणमा विश्व समुदायले समेत विशेष महत्व दिइरहेको चर्चा गर्नुहुँदै वन्यजन्तुको संरक्षण तथा यसको चोरीसिकारी एवं अपराध नियन्त्रणमा सरोकारवाला निकायहरु आपसी समन्वय र सहकार्य गर्दै अझै प्रभावकारी ढंगले लाग्नुपर्ने बताउनुभयो । उहाँले वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणमा प्रत्यक्ष सरोकार राख्ने सुरक्षा निकायका राष्ट्रसेवक कर्मचारीहरुलाई वन्यजन्तुको महत्व, संरक्षणको विधि र उपाय तथा यस सम्बन्धी अपराधमा संलग्नहरुलाई कानुनी कारवाहीको व्यवस्था लगायतका विविध पक्षहरुलाई समेटेर प्रदान गरिने प्रशिक्षणबाट प्राप्त हुने ज्ञानसीप र अनुभवले दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी निर्देशक पण्डितले कार्यक्षेत्रमा खटिदा आउन सक्ने चुनौतीको सामना गर्न तथा कामकारवाहीको सिलशिलामा देखिने द्विविधालाई निराकरण गर्दै उपलब्धीमूलक कार्यसम्पादनमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा दुर्लभ वन्यजन्तुको वासस्थान रहेको नेपालमा यसको संरक्षण, उचित व्यवस्थापन र चोरीतस्करी नियन्त्रण ज्यादै संवेदनशिल कार्य भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले मुलुकमा शान्ति सु–व्यवस्था कायम गर्ने कार्यका साथै वन्यजन्तु एवं वन पैदावारको संरक्षणमा समेत सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्दै कार्य गरिरहेको बताउनुभयो । उहाँँले सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुलाई वन्यजन्तु अपराध नियन्त्रण र रोकथाम लगायतका विषयमा अनुभवि एवं विज्ञहरुद्वारा प्रशिक्षण संचालन गर्ने कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्ने वन्यजन्तु संरक्षण संघ नेपालप्रति आभार प्रकट गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमबाट बढिभन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा अवकाश प्राप्त प्रहरी बरिष्ठ उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठले तालिमको उपादेयता माथि प्रकाश पार्नुहुँदै फिल्डमा खटिने सुरक्षाकर्मीहरुको लागि यस्ता तालिम उपयोगि रहने बताउनुभयो । सो अवसरमा वन्यजन्तु संरक्षण संघ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रशन्न योन्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पाँच दिनसम्म संचालन हुने उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक १९ जना गरी कूल २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । समारोहमा त्रिभुवन विश्वविद्यालय प्राकृतीक विज्ञान संग्रहालयका प्रमुख प्रा.डा. धर्म डंगोल, वन्यजन्तु संरक्षण संघ नेपालका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-08-15
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-14
ट्रक र टाटा मोबाईल पुन: लिलाम विक्रि सम्बन्धमा (सप्रबल, नेपाल गण हेक्वा कञ्चनपुर नं ३५ गण)
2018-08-10
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सम्बन्धमा ।
2018-08-08 - 2018-09-09
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
2018-08-08
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा । (स्वास्थ्यतर्फ)
2018-08-05
प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-08-02
(स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु) पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धमा
2018-08-03 - 2018-09-03
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना (स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु)
2018-08-02
ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालिमको (MSDPS-2075) प्रथम सेमेष्टरको लिखित परिक्षाको नतिजा सम्बन्धमा
2018-08-02
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित सम्बन्धमा
2018-08-01
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-07-26
सशस्त्र प्रहरी नियमावली
2018-07-25 - 2018-08-30
UN Vacancy for Special Assistance, P-3 (MINUSCA)
2018-07-20 - 2018-08-30
Logistics Planning Adviser, P-4
2018-07-03 - 2018-08-29
UN Vacancy for Police Planning Adviser, P-4 (United Nations Office in Africa Union)