एपीएफ टोलीद्वारा अवैध हतियारसहित दुई जना पक्राउ

04th April, 2018
सप्तरी, सप्तरी जिल्लाको कंकालिनी हनुमाननगर नगरपालिका १ स्थित कोशी व्यारेजबाट चैत्र २१ गते एपीएफ टोलीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका ४ बस्ने ५४ वर्षिय अवदेश झा र २९ वर्षिय उमेश्वर झालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी सहायक निरीक्षक ओमप्रसाद दाहालको कमाण्डमा भारदह स्थित चेक प्वाइन्टमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले भारदहबाट को २४ प. ४८०० नम्बरको मोटरसाइकलमा कोशी व्यारेजतर्फ जाँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १२ बोर बन्दुक १ नाल, त्यसमा लाग्ने टोटा ५ थान, खुकुरी १ थान र चक्कु १ थान फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बरामद हतियार तथा मोटरसाइकलसहितै स्थानीय प्रहरीमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-05-18
सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन
2018-05-18
आशय पत्र प्रदान गरिएको सूचना
2018-05-17
सशस्त्र प्रहरी बरीष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना सम्बन्धमा।
2018-05-16 - 2018-05-31
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (नेपाल ए.पी.एफ अस्पताल)
2018-05-16 - 2018-05-23
संशोधन सम्बन्धी सूचना। (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-05-15
बढुवा सिफारिस प्रकाशित (सप्रनाउ)
2018-05-15
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APFRCISD/NCB/G/01/2074/2075)
2018-05-15
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2074/075
2018-05-14
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. ३-२०७४/०७५
2018-05-14
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०५/०७४-०७५
2018-05-13 - 2018-06-14
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (मद्दती तथा सेवा निर्देशनालय)
2018-05-11
सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा सम्बन्धमा।
2018-05-08
बढुवा समितिको सचिवालयको बढुवा सिफारिस सम्बन्धि सूचना
2018-03-26 - 2018-05-24
UN Vacancy for MINUSMA Mission, Regional Commander P-4