कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको मंगलबार बेलुका ५ बजेसम्म सम्पन्न खेलहरु

13th March, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा संचालित ‘चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को मंगलबार बेलुका ५ बजेसम्म विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । प्र्रतियोगिता अन्तर्गत आज बेलुका ५ बजेसम्म सम्पन्न लनटेनिसको ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको सेमीफाइनल खेलमा काठमाडौंका राजु श्रेष्ठले सुनसरीका महेश श्रेष्ठलाई ६–० र ७–६ ले तथा काठमाडौंका रोहित सुनुवारले एपीएफका आत्मराम कार्कीलाई ६–१ र ६–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको सेमीफाइनल खेलमा मकवानपुरका कमल थापाले काठमाडौंका छ्याम्वा ढुन्डुकलाई ६–० र ६–१ ले तथा ललितपुरका कृष्णराज घलेले काठमाडौंका कर्मा घलेलाई ६–० र ६–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । यसैगरी इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा एपीएफका सुरजकुमार श्रेष्ठले एपीएफकै त्रिभुवन बिष्टलाई ७–५, र ६–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी सोही इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका सिजर तामाङले नेपाल पुलिस क्लबका श्याम खड्कालाई ६–४ र ६–३ ले, त्रिभुवन आर्मी क्लवकै उत्तम बोगटीले नेपाल पुलिस क्लबका हरिबहादुर बस्नेतलाई ६–४ र ६–४ ले तथा त्रिभुवन आर्मी क्लवका अमुल्य सिंहले सोही क्लबका निरन के.सी.लाई ७–५, र ६–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी आजै सम्पन्न पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा ललितपुरका सन्तोष खत्रीले पोखराका अनिल शाहीलाई ६–३ र ६–० ले, ललितपुरका जितेन्द्र परियारले नेपाल पुलिस क्लवका कमल भण्डारीलाई १–६, ६–१ र ७–५ ले, पोखराका प्रदिप खड्काले बुटवलका विकाश खड्कालाई ७–६ (रिटायर्डहर्ट) ले तथा ललितपुरका प्रणव खनालले काठमाडौंका मानबहादुर कटुवाललाई ६–१ र ६–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा काठमाडौंका विमलकुमार गुरुङ्गले काठमाडौंकै चन्द्र तामाङलाई ६–० र ६–० ले, काठमाडौंका राजु श्रेष्ठले काठमाडौंकै राजेश क्षेत्रीलाई ३–६, ६–४ र १०–८ ले, सुनसरीका डेगेन्द्र श्रेष्ठले काठमाडौंका बिभु कायस्थलाई ७–६, ५–७ र १०–७ ले तथा त्रिभुवन आर्मी क्लवका सिजर गुरुङ्गले काठमाडौंका मनोज शाहीलाई ६–३ र ७–९ (रिटायर्डहर्ट) ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टनको महिला एकलको फाइनलमा तामाङ र महर्जन प्रवेश आज बेलुका ५ बजेसम्म सम्पन्न ‘चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ अन्तर्गत महिला एकलतर्फको सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका नङ्सलादेवी तामाङले एपीएफका शोभा गौचनलाई २१–१२ र २१– १३ ले तथा त्रिभुवन आर्मी क्लवकै रसिला महर्जनले झापाका जेसिका गुरुङ्गलाई २१–१३ र २१– १७ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आजै सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले सोही क्लवका प्रफुल्ल महर्जनलाई २१–११ र २१– ८ ले, दार्चुलाका प्रिन्स दाहालले भोजपुरका बिकास श्रेष्ठलाई २१–१८ र २१– १८ ले, त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठले एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–१९ र २१– १२ ले तथा एपीएफका दिपेश धामीले एपीएफकै विजित थापामगरलाई २१–१९ र २१– ११ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको क्वार्टरफाइनल खेलमा जेष्ठ व्याडमिन्टन एकेडेमीका नविनबावु श्रेष्ठ र श्याम पराजुलीको जोडीले सोही एकेडेमीका रमेश अधिकारी र अनोज पौडेलको जोडीलाई २१–१७ र २१–१८ ले, काठमाडौंका राजु महर्जन र सुनिल बज्राचार्यको जोडीले एपीएफका रुद्र थिङ्ग र राजबावु महर्जनको जोडीलाई २१–१५ र २३–२१ ले, काठमाडौंका भूमि गुरुङ्ग र कर्ण शाहीको जोडीले एपीएफका पदम बहादुर मगर र पुर्ण बहादुर बुढाथोकीको जोडीलाई १४–२१, २१–१९ र २१–१९ ले तथा ग्यालेक्सी क्लवका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीले जेष्ठ व्याडमिन्टन एकेडेमीका उमेश के.सी. र प्रेम घलेको जोडीलाई २१–१२ र २१–१५ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी आजै सम्पन्न पुरुष युगतलतर्फको प्रि–क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले हिरा राई र ग्याल्जेन शेर्पाको जोडीलाई २१–१२ र २१–१४ ले, एपीएफका गौतम कठायत र विशाल प्रधानको जोडीले सुभाष उलाक र सुमन पोख्रेलको जोडीलाई २१–८ र २१–११ ले, एपीएफका सुदिप सेढाँई र साजनकृष्ण ताम्राकारको जोडीले जेष्ठ व्याडमिन्टन एकेडेमीका सुजन थापा र अनिस श्रेष्ठको जोडीलाई २१–१०, १८–२१ र २१–१० ले, त्रिभुवन आर्मी क्लवका रुकेश महर्जन र पविन लिन्थिपको जोडीले जेष्ठ व्याडमिन्टन एकेडेमीका राम बानियाँ र रोमन बानियाँको जोडीलाई २१–१८, १७–२१ र २१–१९ ले, नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्यको जोडीले एपीएफका पंकज चन्द र सुमन लिम्बुको जोडीलाई २१–११ र २३–२१ ले, एपीएफका दिपेश धामी र बिजित थापामगरको जोडीले अभिषेक बोस र सुशिल श्रेष्ठको जोडीलाई २१–७ र २१–१९ ले तथा बाँकेका रियाज अन्सरी र इरफान अन्सारीको जोडीले एपीएफका निरविक्रम देवकोटा र निराजन देवकोटको जोडीलाई २४–२२, १४–२१ र २४–२२ ले पराजित गरेको छ भने त्रिभुवन आर्मी क्लवका सुरज महर्जन र प्रफुल्ल महर्जनको जोडीले वाक ओभर पाई क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसैगरी आजै सम्पन्न १७ वर्षमुनि पुरुष एकलतर्फको प्रि–क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका प्रफुल्ल महर्जनले जेष्ठ व्याडमिन्टन एकेडेमीका अभियान काष्यपलाई २१–६ र २१–५ ले, नेपाल पुलिस स्कूलका एलिस थापाले सोही स्कूलका मनिष थापालाई २१–१८, १८–२१ र २१–१९ ले, कैलालीका देवराज राणाले नोवेल एकेडेमी कञ्चनपुरका सन्तोष पनेरुलाई २१–१७ र २१–१२ ले, मोरङका उज्ज्वल पोख्रेलले नासा इन्टरनेशनल कलेजका सन्जिव भण्डारीलाई २१–११ र २१–१४ ले, कैलालीका योगेश खड्काले एभीएन स्कूलका प्रियान्सु सिंह क्षेत्रीलाई २१–१३, १६–२१ र २१–१७ ले, त्रिभुवन आर्मी क्लवका रिजेन महर्जनले नासा इन्टरनेशनल कलेजका गोकुल जोरालाई २१–१९ र २१–८ ले, दार्चुलाका प्रिन्स दाहालले कपिलवस्तुका उज्ज्वल श्रेष्ठलाई २१–४ र २१–९ ले तथा प्रभात हायर सेकेण्डरी स्कूलका दिवस शाहीले सोही स्कूलका समिर बसुकलालाई २१–१५, ५–२१ र २१–१९ ले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । छ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । राष्ट्रिय खुुल्ला महिला भलिबलमा एपीएफ र आर्मी विजयी ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ अन्तर्गत मंगलबार सम्पन्न लिग चरणको खेलमा आयोजक नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लवले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी एपीएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लव काठमाडौंलाई २५–८, २५–५ र २५–९ को फराकिलो अन्तरमा पराजित गरेको छ । लिगकम नकआउटको आधारमा संचालन भइरहेको सो प्रतियोगितामा आयोजक नेपाल एपीएफ क्लवको महिला भलिबल टिमसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शिवम् न्यू–डाइमण्ड एकेडेमी काठमाडौं, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुर र ढोरपाटन स्पोर्ट्स क्लव काठमाडौं गरी कूल ६ वटा महिला भलिबल टिमले सहभागिता जनाएका छन् । चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिसहित ६ वटा टिम बीच प्रतिस्पर्धा हुँदैछ । प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा स्कुटरको व्यवस्था गरिएको छ ।

RECENT NOTICE ...more

2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-12-07
सशस्त्र प्रहरी परिचर(विभिन्न ट्रेड)पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको मिति/समय तालिका।
2018-12-04
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.०२/०७५-०७६
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम