कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको मंगलबार अपरान्ह १ बजेसम्म सम्पन्न खेलहरु

13th March, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा संचालित ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को मंगलबार अपरान्ह १ बजेसम्म विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । प्र्रतियोगिता अन्तर्गत अहिले अपरान्ह १ बजेसम्म सम्पन्न लनटेनिसको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा एपीएफका सुरज कुमार श्रेष्ठले एपीएफकै त्रिभुवन बिष्टलाई ७–५, र ६–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी सोही इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका सिजर तामाङले नेपाल पुलिस क्लबका श्याम खड्कालाई ६–४ र ६–३ ले, त्रिभुवन आर्मी क्लवकै उत्तम बोगटीले नेपाल पुलिस क्लबका हरिबहादुर बस्नेतलाई ६–४ र ६–४ ले तथा त्रिभुवन आर्मी क्लवका अमुल्य सिंहले सोही क्लबका निरन के.सी.लाई ७–५, र ६–१ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसअघि सोमबार भएको लनटेनिस प्रतियोगिताको ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको क्वार्टर फाइनल खेलमा काठमाडौंका राजु श्रेष्ठले काठमाडौंकै निरेश श्रेष्ठलाई ६–२ र ६–४ ले, काठमाडौंका महेश श्रेष्ठले काठमाडौंकै सुकमान तामाङ्गलाई ६–२ र ६–० ले, काठमाडौंका रोहित सुनुवारले अनुष अरोरालाई ६–३ र ६–० ले तथा एपीएफका आत्माराम कार्कीले काठमाडौंका मुक्तिसेन गुरुङ्गलाई ६–० र ६–३ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी ६५ वर्षमाथी भेट्रान्स एकलतर्फको क्वार्टरफाइनल खेलमा काठमाडौंका ज्ञानेन्द्रमान ताम्राकारले काठमाडौंकै कुमार मोहनबहादुर शाहीबाट वाक ओभर पाई सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी सोही इभेन्ट्समा काठमाडौंका डा. इन्द्रजित राईले आरबीएसका कुन्ता दिक्षितबाट तथा आरबीएसकै रामबहादुर तामाङ्गले त्रिभुवन आर्मी क्लवका भिक्टर राणाबाट र काठमाडौंका दिपक श्रेष्ठले काठमाडौंकै डा. अशोक बज्राचार्यबाट वाक ओभर पाई सेमीफाइनलमा प्रवेश गरेका छन् । यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स युगतलतर्फको क्वार्टर फाइनल खेलमा काठमाडौंका मनोज राणा र शोभितमान श्रेष्ठको जोडीले काठमाडौंकै अमृत रोका र निरेश स्वाँरको जोडीलाई ६–० र ७–५ ले, काठमाडौंका डेगेन्द्र श्रेष्ठ र रमेश रोक्काको जोडीले सेन्जेभियर्सका डा. सग्राम लामा र प्रेम थापाको जोडीलाई ६–३, ७–९ र १०–५ ले तथा काठमाडौंका कृष्णराज घले र सुवर्ण ढाक्वाको जोडीले मकवानपुरका कमल थापा र प्रताप मोक्तानको जोडीलाई ६–३, ३–६ र १०–५ ले पराजित गरेका छन् भने काठमाडौंका राजु क्षेत्री र शिव प्रसाद सेढाँईको जोडीले काठमाडौंकै दिनेश तुलाधार र पृथ्वी थापाको जोडीबाट वाक ओभर पाई सेमीफाइनलमा प्रवेश गरेको छ । यसैगरी हिजै सम्पन्न ३५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा काठमाडौंका छेवाङ्ग लामा र महेश श्रेष्ठको जोडीले काठमाडौंकै आत्माराम कार्की र शोभितमान श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले, काठमाडौंका विमल गुरुङ्ग र राजु क्षेत्रीको जोडीले काठमाडौंकै मनोज राणा र छ्याम्वा ढोण्डपको जोडीलाई ६–३ (रिटायरहर्ट) ले, काठमाडौंका सुवर्ण ढाक्वा र मनोज शाहीको जोडीले काठमाडौंकै निरेश श्रेष्ठ र सुकमान तामाङ्गको जोडीलाई ६–३ र ६–० ले तथा काठमाडौंका राजु श्रेष्ठ र राजु श्रेष्ठको जोडीले काठमाडौंकै मुक्तिसेन गुरुङ्ग र राजेश क्षेत्रीको जोडीलाई ६–२ र ६–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टनको महिला एकलको फाइनलमा तामाङ र महर्जन प्रवेश आज अपरान्ह १ बजेसम्म सम्पन्न ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ अन्तर्गत महिला एकलतर्फका सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका नङ्सलादेवी तामाङले एपीएफका शोभा गौचनलाई २१–१२ र २१– १३ ले तथा त्रिभुवन आर्मी क्लवकै रसिला महर्जनले झापाका जेसिका गुरुङ्गलाई २१–१३ र २१– १७ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । यसैगरी अहिले अपरान्ह १ बजेसम्म वर्षमुनि पुरुष एकलतर्फको प्रि–क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवका प्रफुल्ल महर्जनले जेष्ठ व्याडमिन्टन एकेडेमीका अभियान काष्यपलाई २१–६ र २१–५ ले, नेपाल पुलिस स्कूलका एलिस थापाले सोही स्कूलका मनिष थापालाई २१–१८, १८–२१ र २१–१९ ले, कैलालीका देवराज राणाले नोवेल एकेडेमी कञ्चनपुरका सन्तोष पनेरुलाई २१–१७ र २१–१२ ले, मोरङका उज्ज्वल पोख्रेलले नासा इन्टरनेशनल कलेजका सन्जिव भण्डारीलाई २१–११ र २१–१४ ले, कैलालीका योगेश खड्काले एभीएन स्कूलका प्रियान्सु सिंह क्षेत्रीलाई २१–१३, १६–२१ र २१–१७ ले, त्रिभुवन आर्मी क्लवका रिजेन महर्जनले नासा इन्टरनेशनल कलेजका गोकुल जोरालाई २१–१९ र २१–८ ले, दार्चुलाका प्रिन्स दाहालले कपिलवस्तुका उज्ज्वल श्रेष्ठलाई २१–४र २१–९ ले तथा प्रभात हायर सेकेण्डरी स्कूलका दिवस शाहीले सोही स्कूलका समिर बसुकलालाई २१–१५, ५–२१ र २१–१९ ले पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । छ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् । राष्ट्रिय खुुल्ला महिला भलिबलमा एपीएफ र आर्मी विजयी ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ अन्तर्गत मंगलबार सम्पन्न लिग चरणको खेलमा आयोजक नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लवले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१०, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी एपीएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लव काठमाडौंलाई २५–८, २५–५ र २५–९ को फराकिलो अन्तरमा पराजित गरेको छ । लिगकम नकआउटको आधारमा संचालन भइरहेको सो प्रतियोगितामा आयोजक नेपाल एपीएफ क्लवको महिला भलिबल टिमसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शिवम् न्यू–डाइमण्ड एकेडेमी काठमाडौं, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुर र ढोरपाटन स्पोर्ट्स क्लव काठमाडौं गरी कूल ६ वटा महिला भलिबल टिमले सहभागिता जनाएका छन् । चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिसहित ६ वटा टिम बीच प्रतिस्पर्धा हुँदैछ । प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा स्कुटरको व्यवस्था गरिएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-21
स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा मातहत कार्यालयहरुको झण्डा तथा आर्म ब्याचको नमुना ।
2018-09-21
UNAMID Vacancy
2018-09-17
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान (सप्रबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय)
2018-09-16
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पदको अन्तिम मिति र सम्पर्क मिति सम्बन्धमा
2018-09-16
(नेपाल एपिएफ स्कुल) प्रधानाचार्य पदको अन्तिम नतिजा प्रकाशन गरीएको सम्बन्धमा
2018-09-11
सिलबन्दी बोलपत्र आह्वानको सूचना (आर्मोरर, मर्मत, श्रव्य दृश्य, संचार र सवारी सम्बन्धी)
2018-09-07
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2018-09-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना
2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-08-31 - 2018-09-30
Human Resources Officer (P3)
2018-08-31 - 2018-09-30
Transport Officer (P3)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम