कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सोमबार साँझ पाँच बजेसम्म सम्पन्न खेलहरु

12th March, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा संचालित ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को सोमबार साँझ पाँच बजेसम्म विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । प्र्रतियोगिता अन्तर्गत अहिले साँझ ५ बजे सम्म सम्पन्न लनटेनिस प्रतियोगिताको महिला एकलतर्फको क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लवका मायाङ्का राणाले नेपाल एपीएफ क्लवका अन्ने माथेमालाई ६–१ र ६–१ ले, त्रिभुवन आर्मी क्लवका इराएम रावतले एपीएफ क्लवका भगवती बि.क.लाई ६–२ र ६–० ले, पोखराका गंगा शर्माले एपीएफ क्लवका इन्द्रकला श्रेष्ठलाई ६–१ र ६–० ले तथा नेपाल पुलिस क्लवका माहिका राणाले ललितपुरका अभिलासा विष्टलाई ६–१ र ६–२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैगरी सोमबार नै सम्पन्न भएको लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा ललितपुरका जितेन्द्र परियारले ललितपुरकै अभिषेक विष्टलाई ६–० र ६–० ले, नेपाल पुलिस क्लवका कमल भण्डारीले काठमाडौंका सुब्रत बस्नेतलाई ६–२ र ६–० ले, बुटवलका विकास खड्काले काठमाडौंका विवेक श्रेष्ठलाई ६–१ र ६–० ले तथा काठमाडौंका मानबहादुर कटुवालले ललितपुरका निसान श्रेष्ठलाई ६–३ र ६–४ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैगरी आजै सम्पन्न पुरुष युगलतर्फको क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लवका प्रणव खनाल र कमल भण्डारीको जोडीले पोखराका नविन मगर र अन्जन थिङ्गको जोडिलाई ६–२ र ६–१ ले, काठमाडौंका मानबहादुर कटुवाल र जीवन घिमिरेको जोडीले काठमाडौंका शिवम विक्रम थापा र सरोज तामाङ्गको जोडीलाई ६–० र ६–२ ले, ललितपुरका जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीले काठमाडौंका छेवाङ्ग लामा र विवेक शंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले तथा पोखराका प्रदिप खड्का र अनिल शाहीको जोडीले बुटवलका विकास खड्का र गोपाल ज्ञवालीको जोडीलाई ६–२ र ६–४ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैगरी आजै सम्पन्न लनटेनिसको पुरुष एकलतर्फको खेलमा काठमाडौंका विवेक शंकर श्रेष्ठले काठमाडौंकै शिवम बिक्रम थापालाई ७–५, ३–६ र ६–१ ले, काठमाडौंका मानबहादुर कटवालले ललितपुरका निशान श्रेष्ठलाई ६–३ र ६–४ ले तथा ललितपुरका सन्तोष खत्रीले काठमाडौंका नीनवाम राईलाई ६–१ र ६–० ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । यसैगरी लनटेनिसको महिला एकलतर्फको खेलमा एपीएफकी भगवती बि.क.ले काठमाडौंकी सलोनी तामाङलाई ६–३ र ६–१ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेकी छन् । यसैगरी आजै सम्पन्न लनटेनिसको पुरुष युगलतर्फको खेलमा काठमाडौंका मानबहादुर कटुवाल र जीवन घिमिरेको जोडीले काठमाडौंकै शिवम बिक्रम थापा र सरोज तामाङको जोडीलाई ६–० र ६–२ ले, ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले काठमाडौंका छेवाङ्ग लामा र विवेक शंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले तथा पोखराका प्रदिप खड्का र अनिल शाहीको जोडीले बुटवलका विकास खड्का र गोपाल ज्ञवालीको जोडीलाई ६–२ र ६–४ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । ब्याडमिन्टन आज साँझ पाँच बजेसम्म सम्पन्न व्याडमिन्टन प्रतियोगिताको महिला युगलततर्फको क्वार्टरफाइनल खेलमा झापाका सानुमाया मुखिया र जेसिका गुरुङ्गको जोडीले एपीएफका शोभा गौचन र कास्कीका पुनम गुरुङ्गको जोडीलाई २१–१४ र २१–१२ ले, त्रिभुवन आर्मी क्लवका अमिता गिरी र रशीला महर्जनको जोडीले मोरङका निता लम्साल र भोजपुरका सिता राईको जोडीलाई २१–१४ र २२–२० ले तथा एपीएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले जेष्ठ व्याडमिन्टन एकेडेमीका ज्योती लिम्बु र डिना पुनको जोडीलाई २१–११ र २२–२० ले पराजित गरेको छ भने त्रिभुवन आर्मी क्लवको नङसलादेवी तामाङ्ग र अनुमाया राईको जोडीले एपीएफका सिता दाहाल र ज्ञानु लिम्बुको जोडीबाट वाक ओभर पाएको छ । यसैगरी आजै सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको प्रि–क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले कैलालीका देवराज रानालाई २१–१२ र २१–१२ ले, त्रिभुवन आर्मी क्लवकै प्रज्वल महर्जनले एपीएफका सुदिप सेढाँईलाई २१–११ र २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१९ र २१–१९ ले, एपीएफका साजनकृष्ण ताम्राकारले एपीएफकै इन्द्र बहादुर महतालाई २१–१४ र २१–१० ले, दार्चुलाका प्र्रिन्स दाहालले नेपाल पुलिस क्लबका दिपक बोहोरालाई २१–७ र २१–१७ ले तथा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१२ र २१–१६ ले पराजित गरेका छन् । यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा जेष्ठ व्याडमिन्टन एकेडेमीका प्रेम घले र उमेश के.सी.को जोडीले काठमाडौंका राम प्रजापति र लोकेन्द्र तिमल्सीनाको जोडीलाई २१–१९, २०–२२ र २१–१७ ले तथा काठमाडौंका राजु महर्जन र सुनिल बज्राचार्यको जोडीले एपीएफका बेदबहादुर श्रेष्ठ र भाष्करराज पन्तको जोडीलाई २३–२१ र २४–२२ ले पराजित गरेको छ । भलिबल सोमबार सम्पन्न सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले नेपाल पुलिस क्लवलाई २५–२१, २५–१४ र २५–१८ ले तथा शिवम् न्यू–डाइमण्ड एकेडेमी काठमाडौंले त्रिभुवन आर्मी क्लवलाई २५–१७, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गरी विजयी भएको छ । लिगकम नकआउटको आधारमा संचालन भइरहेको सो प्रतियोगितामा आयोजक नेपाल एपीएफ क्लवको महिला भलिबल टिमसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, शिवम् न्यू–डाइमण्ड एकेडेमी काठमाडौं, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुर र ढोरपाटन स्पोर्ट्स क्लव काठमाडौं गरी कूल ६ वटा टिमले सहभागिता जनाएका छन् । छ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् भने चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । यसैगरी चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिसहित ६ वटा टिम बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा संचालन भइरहेका छन् ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-21
स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा मातहत कार्यालयहरुको झण्डा तथा आर्म ब्याचको नमुना ।
2018-09-21
UNAMID Vacancy
2018-09-17
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान (सप्रबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय)
2018-09-16
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पदको अन्तिम मिति र सम्पर्क मिति सम्बन्धमा
2018-09-16
(नेपाल एपिएफ स्कुल) प्रधानाचार्य पदको अन्तिम नतिजा प्रकाशन गरीएको सम्बन्धमा
2018-09-11
सिलबन्दी बोलपत्र आह्वानको सूचना (आर्मोरर, मर्मत, श्रव्य दृश्य, संचार र सवारी सम्बन्धी)
2018-09-07
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2018-09-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना
2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-08-31 - 2018-09-30
Human Resources Officer (P3)
2018-08-31 - 2018-09-30
Transport Officer (P3)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम