कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सोमबार मध्यान्हसम्म सम्पन्न खेलहरु

12th March, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा संचालित ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को सोमबार मध्यान्हसम्म विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । प्र्रतियोगिता अन्तर्गत अहिले १२ बजेसम्म सम्पन्न लनटेनिसको पुरुष एकलतर्फको खेलमा काठमाडौंका विवेक शंकर श्रेष्ठले काठमाडौंकै शिवम बिक्रम थापा ७–५, ३–६ र ६–१ ले, काठमाडौंका मानबहादुर कटवालले ललितपुरका निशान श्रेष्ठलाई ६–३ र ६–४ ले तथा ललितपुरका सन्तोष खत्रीले काठमाडौंका नीनवाम राईलाई ६–१ र ६–० ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । यसैगरी लनटेनिसको महिला एकलतर्फको खेलमा एपीएफकी भगवती बि.क.ले काठमाडौंकी सलोनी तामाङलाई ६–३ र ६–१ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेकी छन् । यसैगरी लनटेनिसको पुरुष युगलतर्फको खेलमा काठमाडौंका मानबहादुर कटवाल र जीवन घिमिरेको जोडीले काठमाडौंकै शिवम बिक्रम थापा र सरोज तामाङको जोडीलाई ६–० र ६–२ ले, ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीले काठमाडौंका छेवाङ्ग लामा र विवेक शंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले तथा पोखराका प्रदिप खड्का र अनिल शाहीको जोडीले बुटवलका विकास खड्का र गोपाल ज्ञवालीको जोडीलाई ६–२ र ६–४ ले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन् । यसअघि आइतबार सम्पन्न लनटेनिसको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा एपीएफका सुरज कुमार श्रेष्ठले त्रिभुवन आर्मी क्लवका संजय कुमार झालाई ६–४, ४–६ र ११–९ ले पराजित गरेका छन् । श्याम खड्काले एपीएफका नरेन्द्र कुमार सिंहलाई ६–३ र ७–५ ले पराजित गरेका छन् भने त्रिभुवन आर्मी क्लवका उत्तम बोेगटीले बिकास पाण्डेलाई ६–४ र ६–४ ले पराजित गरेका छन् भने एपीएफका त्रिभुवन विष्टले एपीएफकै दिवाकर के.सी.लाई ६–२ र ६–२ ले पराजित गरेका छन् । यसैगरी पुरुष एकलतर्फको खेलमा पोखराका अनिल शाहीले काठमाडौंका दिनेश डंगोलबाट वाक ओभर पाएका छन् । यसैगरी ४५ वर्ष माथिको भेन्ट्रान्स एकलतर्फको खेलमा काठमाडौंका राजु राईले एपीएफका सन्जीव कुमार श्रेष्ठलाई ६–१ र ६–४ ले पराजित गरेका छन् भने काठमाडौंका राजेश क्षेत्रीले काठमाडौंकै अर्जुनकुमार श्रेष्ठलाई ६–१ र ६–१ ले पराजित गरेका छन् । यसैगरी हिजै सम्पन्न लनटेनिसको ३५ वर्षमाथि भेन्ट्रास एकलतर्फको खेलमा नरेश बहादुर श्रेष्ठले काठमाडौंका विजयी महर्जनलाई ६–१ र ६–१ ले परारजित गरेका छन् भने काठमाडौंका मुक्तिसेन गुरुङ्गले काठमाडौंकै गणेश ठकुरीलाई ६–१ र ६–२ ले पराजित गरेका छन् । यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा मकवानपुरका कमल थापाले काठमाडौंका पवित्रजंग रायमाझीलाई ६–१ र ६–० ले पराजित गरेका छन् भने ललितपुरका कृष्णराज घले र काठमाडौंका विष्णुप्रसाद गैरेले वाक ओभर पाएका छन् । ब्याडमिन्टन आज १२ बजेसम्म सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको प्रि–क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले कैलालीका देवराज रानालाई २१–१२ र २१–१२ ले, त्रिभुवन आर्मी क्लबकै प्रज्वल महर्जनले एपीएफका सुदिप सुढाँईलाई २१–११ र २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१९ र २१–१९ ले, एपीएफका साजनकृण ताम्राकारले एपीएफकै इन्द्र बहादुर महतालाई २१–१४ र २१–१० ले, दार्चुलाका प्र्रिन्स दाहालले नेपाल पुलिस क्लबका दिपक बोहोरालाई २१–७ र २१–१७ ले तथा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१२ र २१–१६ ले पराजित गरेका छन् । यसअघि आइतबार सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतफको खेलमा कैलालीका योगेश खड्काले जेष्ठ व्याडमिन्टन एकेडेमीका अर्जुन बस्नेतलाई २१–१५, १५–२१ र २१–१३ ले, जेष्ठ एकेडेमीकै सुजन थापाले त्रिभुवन आर्मी क्लवका रिजन महर्जनलाई २१–१७, १८–२१ र २१–१४ ले तथा काठमाडौंका गोकुल तामाङ्गले कपिलवस्तुका मनिष महरालाई २१–११, १६–२१ र २१–१६ ले पराजित गरेका छन् भने नेपाल पुलिका क्लवका हिरा राईले धनुषाका कमल श्रेष्ठबाट वाक ओभर पाएका छन् । हिजै ब्याडमिन्टनको पुरुष एकलमा एपीएफका दिपेश धामीले एभिएनका प्रियान्सु सिंहलाई २१–१४ र २१–४ ले, त्रिभुवन आर्मी क्लबका पविन लिन्थेपले सोही क्लबका विशाल खड्कालाई २१–१९ र २१–१६ ले, एपीएफका विजित थापा मगरले जेष्ठ व्याडमिन्टन एकेडेमीका सुजन थापालाई २१–११ र २१–१० ले, एपीएफका इन्द्रबहादुर महताले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई १७–२१, २३–२१ र २१–१७ ले, बाँकेका इरफान अन्सारीले नेपाल पुलिस क्लबा पुर्णबहादुर थापालाई २३–२१ र २१–१० ले, एपीएफका साजनकृष्ण ताम्राकारले नेपाल पुलिस क्लबका हरि राईलाई २१–११ र २१–९ ले तथा नेपाल पुलिस क्लबका जीवन आचार्यले एपीएफका सुमन लिम्बुलाई २१–११ र २१–११ ले पराजित गरेका छन् । छ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् भने चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । यसैगरी चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिसहित ६ वटा टिम बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा संचालन भइरहेका छन् ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-06-18
सशस्त्र प्रहरी निरीक्षकहरुको पदस्थापन
2018-06-17
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APF/NCB/G/08/2074/075)
2018-06-15
प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकहरुको पदस्थापन सम्बन्धमा (प्राविधिक समुह,स्वास्थ्य तर्फ)
2018-06-15
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुको सरुवा सम्बन्धमा
2018-06-15
प्राविधिक स.प्र.ना.उ. हरुको पदस्थापन सम्बन्धमा(प्राविधिक समुह,स्वास्थ्य तर्फ)
2018-06-15
प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-15
प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-14
Communication Spare Parts आपूर्ति स्वीकृत गरीएको सम्बन्धमा
2018-06-13
सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-12
सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा
2018-06-12 - 2018-07-01
UN Police Reform Officer (Technical Assistance Advisor for UNMISS Police Commissioner),P-3