सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उद्घाटन

11th March, 2018
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा संचालन हुने ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७४’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ को फागुन २७ गते उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा कर्क हस्तान्तरण गरी उक्त प्रतियोगिताको संयुक्त रुपमा सुभारम्भ गर्नुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले आफ्नो व्यावसायिक जिम्मेवारीका साथसाथै खेलकुद क्षेत्रको विकास एवं प्रतिभावान खेलाडीहरुको संरक्षण तथा खेलप्रतिभालाई उजागर गर्ने कार्यमा समेत उल्लेख्य योगदान पु¥याउँदै आएको बताउनुभयो । उहाँले फौजीजिवन र खेलकुद बीच परस्पर सम्बन्ध रहेको चर्चा गर्नुहुँदै यस्ता प्रतियोगिताले व्यावसायिक जिवनमा समेत सहयोग पु¥याउनुका साथै छरिएर रहेका खेलप्रतिभालाई एकिकृत गर्दै खेलकुदको विकास एवं सामूहिक भावनामा अभिबृद्धि र समाजलाई एकताबद्ध गर्ने कार्यमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संगठनका पूर्वसशस्त्र प्रहरी महानिरीक्षकद्वय स्व. कृष्णमोहन श्रेष्ठको सम्झनामा ब्याडमिन्टन प्रतियोगिता र स्व. सहबीर थापाको सम्झनामा लनटेनिस प्रतियोगिता तथा राष्ट्रिय स्तरकै महिला भलिबल प्रतियोगिता निरन्तर रुपमा संचालन गर्दै आएको उल्लेख गनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यी प्रतियोगिताको सफल आयोजनाले समेत संगठनको खेलकुदप्रतिको सक्रियातालाई झल्काउने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल एपीएफ क्लबका खेलाडीहरुले खेलकुदको माध्यमबाट राष्ट्र र संगठनको छवि उच्च बनाएको चर्चा गर्नुभयो । स्वस्थ र स्वच्छ समाज निर्माणमा महत्वपूर्ण मानिने खेलकुदलाई अनुशासन, एकता र सामाजिक सद्भाव एवं भाइचारा अभिबृद्धि गर्ने कडीको रुपमा लिइने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सम्बन्धित खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम अनुसार प्रतियोगिता संचालन हुने बताउनुभयो । प्र्रतियोगिता अन्तर्गत आज सम्पन्न लनटेनिसको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा एपीएफका सुरज कुमार श्रेष्ठले त्रिभुवन आर्मी क्लवका संजय कुमार झालाई ६–४, ४–६ र ११–९ ले पराजित गरेका छन् । यसैगरी श्याम खड्काले एपीएफका नरेन्द्र कुमार सिंहलाई ६–३ र ७–५ ले पराजित गरेका छन् भने त्रिभुवन आर्मी क्लवका उत्तम बोेगटीले बिकास पाण्डेलाई ६–४ र ६–४ ले पराजित गरेका छन् भने एपीएफका त्रिभुवन विष्टले एपीएफकै दिवाकर के.सी.लाई ६–२ र ६–२ ले पराजित गरेका छन् । यसैगरी पुरुष एकलतर्फको खेलमा पोखराका अनिल शाहीले काठमाडौंका दिनेश डंगोलबाट वाक ओभर पाएका छन् । यसैगरी ४५ वर्ष माथिको भेन्ट्रान्स एकलतर्फको खेलमा काठमाडौंका राजु राईले एपीएफका सन्जीव कुमार श्रेष्ठलाई ६–१ र ६–४ ले पराजित गरेका छन् भने काठमाडौंका राजेश क्षेत्रीले काठमाडौंकै अर्जुनकुमार श्रेष्ठलाई ६–१ र ६–१ ले पराजित गरेका छन् । यसैगरी ३५ वर्षमाथि भेन्ट्रास एकलतर्फको खेलमा नरेश बहादुर श्रेष्ठले काठमाडौंका विजयी महर्जनलाई ६–१ र ६–१ ले परारजित गरेका छन् भने काठमाडौंका मुक्तिसेन गुरुङ्गले काठमाडौंकै गणेश ठकुरीलाई ६–१ र ६–२ ले पराजित गरेका छन् । यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा मकवानपुरका कमल थापाले काठमाडौंका पवित्रजंग रायमाझीलाई ६–१ र ६–० ले पराजित गरेका छन् भने ललितपुरका कृष्णराज घले र काठमाडौंका विष्णुप्रसाद गैरेले वाक ओभर पाएका छन् । यसैगरी आजै सम्पन्न व्याडमिन्टन प्रतियोगिता अन्तर्गत कैलालीका योगेश खड्काले जेष्ठ व्याडमिन्टन एकेडेमीका अर्जुन बस्नेतलाई २१–१५, १५–२१ र २१–१३ ले, जेष्ठ एकेडेमीकै सुजन थापाले त्रिभुवन आर्मी क्लवका रिजन महर्जनलाई २१–१७, १८–२१ र २१–१४ ले तथा काठमाडौंका गोकुल तामाङ्गले कपिलवस्तुका मनिष महरालाई २१–११, १६–२१ र २१–१६ ले पराजित गरेका छन् भने नेपाल पुलिका क्लवका हिरा राईले धनुषाका कमल श्रेष्ठबाट वाक ओभर पाएका छन् । छ लाख ३० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल २४५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् भने चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । यसैगरी चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा तीन विभागीय टिसहित ६ वटा टिम बीच प्रतिस्पर्धा हुँदैछ । भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा स्कुटरको व्यवस्था गरिएको छ । व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् भने पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । यसैगरी महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ । यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् । लनटेनिसतर्फकै पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार समेत २० हजार रुपैयाँ नै रहेको छ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा संचालन भइरहेका छन् । सो समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठानका अध्यक्ष गोविन्द दास श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु शैलेन्द्र खनाल, पुष्पराम के.सी., रामशरण पौडेल, सुबोधकुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीका बरिष्ठ अधिकृत तथा विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी एवं खेलाडीहरुको समेत उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-09-21
स.प्र.बल, नेपाल प्रधान कार्यालय तथा मातहत कार्यालयहरुको झण्डा तथा आर्म ब्याचको नमुना ।
2018-09-21
UNAMID Vacancy
2018-09-17
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान (सप्रबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय)
2018-09-16
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पदको अन्तिम मिति र सम्पर्क मिति सम्बन्धमा
2018-09-16
(नेपाल एपिएफ स्कुल) प्रधानाचार्य पदको अन्तिम नतिजा प्रकाशन गरीएको सम्बन्धमा
2018-09-11
सिलबन्दी बोलपत्र आह्वानको सूचना (आर्मोरर, मर्मत, श्रव्य दृश्य, संचार र सवारी सम्बन्धी)
2018-09-07
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2018-09-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना
2018-09-06
स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2018-09-06
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्कको मूल्याङ्कन फाराम।
2018-08-31 - 2018-09-30
Human Resources Officer (P3)
2018-08-31 - 2018-09-30
Transport Officer (P3)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम