सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीबाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको समापन

12th February, 2018
काठमाडौं, सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जिबी अधिकारीले सशस्त्र प्रहरी बल नेपाल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा संचालित सि.सं. ४० विशिष्ट व्यक्ति सुरक्षा तालिमको माघ २९ गते समापन गर्नुभयो । सो गणमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक सुमन चालिसे लगायत विभिन्न विधाका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले सो अवसरमा उदाहरणीय कार्यकौशल र व्यावसायीक दक्षताका साथ पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगले पुरा गर्न यस्ता पेशागत तालिम आवश्यक रहने चर्चा गर्नुहुँदै देश, जनता र संगठनप्रति सधैं बफादार रही कार्यगर्न निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त म्याण्डेट बमोजिम कार्यक्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिका र दायित्वबारे प्रष्ट रही प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न सक्ने क्षमता र ज्ञानसीप अभिबृद्धिका लागि समेत तालिम अपरिहार्य रहेको बताउनुभयो । विशिष्ट व्यक्तिको सुरक्षा चुनौती एवं संवेदनशिलतालाई सुक्ष्म रुपले मनन गर्दै आफूलाई सुम्पेको जिम्मेवारीलाई अक्षरस पुरागर्न निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले तालिमको दौरानमा प्रशिक्षार्थीहरुले सिकेका र अनुभव गरेका कुराहरुलाई कार्यक्षेत्रमा बढीभन्दा बढी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आठ हप्ता अवधिको सो तालिममा प्रशिक्षार्थीहरुलाई सुरक्षा चुनौती, विशिष्ट व्यक्तिको सवारी मार्ग, समारोहस्थल, महत्वपूर्ण प्रतिष्ठानको सुिरक्षा, मानवअधिकार तथा मानवीय कानून, बल प्रयोगका सिद्धान्त लगायतका विविध विषयमा सैद्धान्तिक एवं व्यहारिक ज्ञान दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त तालिममा चार जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ४४ जना प्रशिक्षार्थीहरुले सफलता हासिल गरेका छन् ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-08-15
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-14
ट्रक र टाटा मोबाईल पुन: लिलाम विक्रि सम्बन्धमा (सप्रबल, नेपाल गण हेक्वा कञ्चनपुर नं ३५ गण)
2018-08-10
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सम्बन्धमा ।
2018-08-08 - 2018-09-09
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना ।
2018-08-08
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा सम्बन्धमा । (स्वास्थ्यतर्फ)
2018-08-05
प्राविधिक सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-08-02
(स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु) पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धमा
2018-08-03 - 2018-09-03
पुराना सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सुचना (स.प्र.बल, नेपाल सीमा सुरक्षा कार्यालय,कपिलवस्तु)
2018-08-02
ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालिमको (MSDPS-2075) प्रथम सेमेष्टरको लिखित परिक्षाको नतिजा सम्बन्धमा
2018-08-02
सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित सम्बन्धमा
2018-08-01
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सम्बन्धमा
2018-07-26
सशस्त्र प्रहरी नियमावली
2018-07-25 - 2018-08-30
UN Vacancy for Special Assistance, P-3 (MINUSCA)
2018-07-20 - 2018-08-30
Logistics Planning Adviser, P-4
2018-07-03 - 2018-08-29
UN Vacancy for Police Planning Adviser, P-4 (United Nations Office in Africa Union)