दश लाख रुपैयाँभन्दा बढीको चोरीपैठारीको लत्ताकपडा एपीएफ टोलीद्वारा बरामद

11th February, 2018
पर्सा, भन्सार छली नेपाल भित्र्याइएको करीव साँढे १० लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा पर्सा जिल्लाको कालिकामाई गाँउपालिका ३ हरिपुरबाट माघ २८ गते दिउँसो एपीएफ टोलीले बरामद गरेको छ । सटिङ तथा साडी, कुर्ता लगायतको लेडिज आइटमका कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सवैठवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको ना. १ ज ४५६४ नम्बरको पिकअप गाडीमा सशस्त्र प्रहरी निरीक्षक लाप्साङ्ग तामाङको कमाण्डमा गस्तीमा रहेको एपीएफ टोलीले जाँच गर्ने क्रममा चोरीपैठारीको उक्त लत्ताकपडा फेला परेपछि गाडीसहितै बरामद गरिएको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा गाडीसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगन्जमा बुझाएको छ । उक्त गाडीको भन्सार दाखिला मूल्य सात लाख रुपैयाँ रहेको छ ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4