सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट उच्च स्तरीय व्यवस्थापन तालिमको समापन

07th January, 2018
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित दोस्रो समूहको उच्च स्तरीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले पौष २३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुका साथै तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सो तालिम सफलतापूर्वक संचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकृतहरुलाई समेत सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुक स्थिरता र समृद्धितर्फ अगाडि बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले आगामी दिनमा अझै व्यावसायीक एवं जिम्मेवारीबोधका साथ दायित्व वहन गर्न यस किसिमको उच्च स्तरीय व्यवस्थापन तालिम महत्वपूर्ण रहने बताउनुभयो । उहाँले परिवर्तित सुरक्षा चुनौतीहरुलाई सामना गर्न आवश्यक कार्य योजना र परिस्थिति बमोजिमको रणनीति तय गर्दै अगाडि बढ्न सक्ने क्षमताबृद्धि गर्न टेवा पुग्ने उद्देश्यका साथ नेतृत्व, व्यवस्थापन, प्रशासन, सुरक्षा, द्वन्द्व, एपीएफसँग सम्बन्धित एवं समयसापेक्ष विषयवस्तुमा केन्द्रित रही संगठनले उच्च तहका अधिकृतहरुका लागि यो कोर्षको आयोजना गरेको उल्लेख गर्नुभयो । तालिममा सहभागी अधिकृतहरुले प्रशिक्षणको दौरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला एवं विकास, फौजी सिद्धान्त, प्रविधि लगायतका विविध विषयहरुमा ज्ञान आर्जन गरेको विश्वास व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यसबाट पदीय जिम्मेवारी अनुसारको कार्यसम्पादनमा अझै उत्कृष्टता आउनुका साथै राष्ट्र र नागरिकको सेवा र सुरक्षा कार्यमा प्रभावकारी ठहरिने चर्चा गर्नुभयो । उहाँले विज्ञहरुको उपलब्धतासहित विशिष्ट ढंगबाट ज्ञान, अनुभव एवं तालिम संचालनमा महत्वपूर्ण योगदान पु¥याउने त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागप्रति आभार प्रकट गर्नुका साथै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालप्रति उक्त विभागको सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । सो प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा सांगठनिक नीति, राज्य प्रदत्त जिम्मेवारी र भूमिका लगायत सुरक्षा, द्वन्द्व, नेतृत्व र व्यवस्थापन जस्ता कुराहरुमा जानकार, स्पष्ट, क्षमतावान एवं कुशल कमाण्डर उत्पादनमा तालिम सहायकसिद्ध ठहरिने विश्वास व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. टेकनाथ ढकालले लिडरसीप विकास एवं व्यावसायीक दक्षता अभिबृद्धिका लागि यस प्रकारको तालिम उपलब्धीमुलक रहेको उल्लेख गर्नुहुँदै व्यक्तिको वृत्तिविकासमा समेत तालिमले सहयोग पु¥याउने चर्चा गर्नुभयो । कार्यक्रममा सोही विभागका डा. नरेन्द्रराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा तालिमको महत्व एवं आवश्यकताबारे चर्चा गर्नुभएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुका तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेश श्रेष्ठले तालिमको उपादेयता एवं प्राप्त ज्ञान र अनुभव लगायत विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो । तालिममा सहभागी वरिष्ठ अधिकृतहरुलाई नेतृत्व विकास, सुरक्षा तथा द्वन्द्व व्यवस्थापन, सशस्त्र प्रहरी बल नेपालको म्यान्डेटसँग सम्बन्धित कार्य लगायत विभिन्न समसामयिक विषयवस्तुहरुलाई समेटेर प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागसँगको सहकार्यमा सो प्रतिष्ठानले संचालन गरेको तीन हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु २ जना तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु १५ जना गरी कूल १७ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल तथा त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाही लगायत एपीएफका बरिष्ठ अधिकृतहरु एवं त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-01-19 - 2018-02-21
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/06/2074/075)
2018-01-16
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सूचना
2018-01-14 - 2018-01-30
अस्थाई भबन¸ट्रस्ट¸ मेसिनरी औजार¸जिन्सी मालसामानहरु र सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आहृवानको सूचना
2018-01-10
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
4WD Double Cab Pickup - १६ थानको खरिद कारबाही रद्द गरिएको सूचना
2018-01-03
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल,नेपाल आर्थिक प्रशासन निर्देशनालय)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)
2017-12-24
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-12-21
स.प्र.ज. र स.प्र.प. पदको उम्मेदवारहरुको प्रारम्भिक शारीरिक परीक्षणको परीक्षा सम्बन्धि सूचना
2017-12-21 - 2018-01-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-12-14
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे। (नेपाल एपीएफ स्कुल)