सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट विपद उद्वार सामाग्री मर्मत अनुशिक्षण तालिम समापन

02nd January, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा संचालित विपद उद्वार सामाग्री मर्मत अनुशिक्षण तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले पौष १८ गते आयोजित एक कार्यक्रम बीच सो तालिमको अन्तिम प्रवचन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा तालिममा कुशलतापूर्वक प्रशिक्षण प्रदान गर्नुहुने प्रशिक्षकहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो समारोहलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले नेपाल प्राकृतीक प्रकोपको दृष्टिकोणले जोखिमयुक्त मुलुक भएको चर्चा गर्नुहुँदै कुनैपनि जोखिमपुर्ण कार्य गर्नुपूर्व सो कार्यमा प्रयोग हुने मेसिनरी सामाग्रीहरु दुरुस्त राख्नको लागि यस्ता अनुशिक्षण तालिमको विशेष महत्व रहने बताउनुुभयो । उहाँले विपद व्यवस्थापन जस्तो महत्वपूर्ण जिम्मेवारीलाई सफलताका साथ पुरा गर्दै आएको यस संगठनले आगामी दिनहरुमा समेत विपद व्यवस्थापन कार्यमा तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गर्दै उच्च मनोवलका साथ आफ्नो दायित्व पूरा गरिरहने चर्चा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक संजय विक्रम राणाले धन्यवाद ज्ञापनको क्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञानलाई कार्यक्षेत्रमा सहि तरिकाले सदुपयोग गर्दैै प्राप्त जिम्मेवारीलाई पेशागत इमान्दारीताकासाथ पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारी लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो । एक हप्ता अवधिको उक्त अनुशिक्षण तालिममा कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

RECENT NOTICE ...more

2018-11-16
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचना।
2018-11-13
नयाँ नियूक्ति भएका सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचरहरुको पदस्थापन।
2018-11-11 - 2018-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ३ (नेपाल ए.पी.एफ. अस्पताल)
2018-11-06
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं १ बाहिनी, सुनसरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं २ बाहिनी, महोत्तरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ४ बाहिनी, कास्की)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ७ बाहिनी, कैलाली)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय बर्दाघाट, नवलपरासी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय, नौवस्ता, बाँके)
2018-11-06
सप्रनामनि तथा सप्रबउ ज्यूहरुको सरुवा तथा पदस्थापन
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम