मैत्रीपूर्ण फुटबल खेलमा सशस्त्र प्रहरी बल नेपाल विजयी

30th December, 2017
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्व. रुपकराज शर्माको स्मृतिमा पुस १५ गते आयोजित मैत्रीपूर्ण फुटबल खेलमा सशस्त्र प्रहरी बल नेपाल विजयी भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ रंगशालामा सम्पन्न उक्त खेलमा सशस्त्र प्रहरी बल नेपालको टिमले नेपाल प्रहरी टिमलाई ३ का विरुद्ध ६ गोलको अन्तरले पराजित गरी विजयी हासिल गरेको हो । रुपक स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त फुटबल खेलको माननीय सिंचाइमन्त्री सन्जय कुमार गौतमले राष्ट्रिय रेफ्री प्रज्वल क्षेत्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमा स्व. शर्माको तस्बीरमा माल्यार्पण समेत गरिएको थियो । त्यसअवसरमा सो खेलका विजयी टिमको तर्फबाट टिम कप्तान सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ र नेपाल प्रहरीको तर्फबाट टिम कप्तान प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई एकमुष्ट रुपमा प्रमाणपत्र प्रदान गरिएको थियो । नेपालको खेलकुद क्षेत्रको विकास एवं राष्ट्रसेवामा अभिष्मरणीय योगदान पु¥याएको भन्दै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सोही अवसरमा प्रतिष्ठानले सम्मान गरेको छ । उहाँलाई सिंचाइमन्त्री गौतमले ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । खेल पश्चात आयोजित समापन समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय सिंचाइमन्त्री सन्जय कुमार गौतमले खेलकुदप्रति समर्पित एवं नेपालको खेलकुद इतिहासका एउटा धरोहर स्व. रुपकराज शर्मा जस्तो कुशल व्यक्तित्व मुलुक र प्रहरी संगठनले गुमाएको चर्चा गर्नुहुँदै यस्ता प्रतियोगिताबाट उहाँले देखाएको पथमा हिड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संघीयतालाई व्यवस्थित गर्ने क्रममा सवै मिलेर देशका लागि समन्वयकारी भूमिका खेल्दै चुनौतीहरु सामना गरी अगाडि बढ्नु पर्ने उल्लेख गर्नुहुँदै यसबाट समृद्ध र समुन्नत नेपाल निर्माणको यात्रामा सफलता मिल्ने बताउनुभयो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले फुटबल खेलको विकासमा स्व. शर्माको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुहुँदै नेपाल प्रहरीले उहाँलाई एउटा व्यावसायीक, कर्तव्यनिष्ठ, इमान्दार र कर्मठ प्रहरी अधिकृतको रुपमा सधैं स्मरण गरिरहने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले दुई संगठनका बीचमा भएको यस किसिमको मैत्रीपूर्ण फुटबल खेलले भातृत्व विकास गर्न टेवा पुग्ने उल्लेख गर्नुहुँदै राष्ट्रसेवा र खेल क्षेत्रप्रति लगाव र उच्च छवि कायम गर्नुभएका स्व. शर्मालाई प्र्रेरणादायी व्यक्तित्वको रुपमा सम्झिरहने बताउनुभयो । कार्यक्रमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलले राष्ट्रिय फुटबल टिमको पूर्व कप्तानको हौसियतमा सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको बताउनुहुँदै प्रहरीको व्यावसायीक कार्यसँग जोडिएका स्व.शर्मालाई नेपालको चर्चित फुटबल खेलाडीको रुपमा लिइने गरिएको उल्लेख गर्नुभयो । सो प्रतिष्ठानकी अध्यक्ष श्रीमती नीता शर्माले विमान दुर्घटनामा परी दिवंगत हुनुभएका स्वं रुपकराज शर्मा लगायतको सम्झनामा आयोजित मैत्रीपूर्ण फुटबल खेलले उहाँको व्यक्तित्व, राष्ट्रभाव र खेलकुदप्रतिको समर्पणलाई स्मरण गर्ने बताउनुभयो । प्रतिष्ठानका प्रतिनिधि आदेश गौतमले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । बि. सं. २०४९ साल असोज १२ गते पाकिस्तानबाट काठमाडौंतर्फ आउँदै गरेको पिआइए एयरबस ललितपुरको भट्टेडाँडामा दुर्घटना हुँदा त्यसमा सवार नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा कुशल खेलाडी एवं तत्कालिन प्रहरी उपरीक्षक स्व. शर्मासहित १६६ जना यात्रुहरुको दुखद निधन भएको कुरा सो अवसरमा चर्चा गरिएको थियो । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनतकुमार बस्नेत र शैलेन्द्र कुमार श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा र शैलेन्द्र खनाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका उच्च अधिकृत लगायत विभिन्न क्षेत्रका महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2018-10-14
सप्रज र सप्रप पदको बैकल्पिक उम्मेदवारहरुको नियुक्ति सम्बन्धमा
2018-10-14
(स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र) राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७५-०७६
2018-10-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/R/06/2075/076
2018-10-12
बढुवा समितिले अंङ्क दिने प्रयोगजनका लागि नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम
2018-10-11
स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.स.ह. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2018-10-11
स.प्र.स.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
प्रा.स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (प्राविधिक समुह, स्वास्थ्य तर्फ)
2018-10-11
स.प्र.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-11
स.प्र.ब.ना.नि. पदमा बढुवाका लागी सूचना। (साधारण समूह, साधारण उपसमूह)
2018-10-05 - 2018-10-27
Invitation for Bids
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम