सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट एपीएफ स्कुलको खेलकुद सप्ताह समापन

29th December, 2017
काठमाडौं, नेपाल एपीएफ स्कुल कीर्तिपुर काठमाडौंको ‘वार्षिक खेलकुद सप्ताह २०७४’ विविध कार्यक्रमका साथ पुस १४ गते सम्पन्न भएको छ । सो विद्यालयका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले शुक्रबार सोही विद्यालयमा आयोजित एक समारोहका बीच वार्षिक खेलकुद सप्ताहको समापन गर्नुभयो । वार्षिक खेलकुद सप्ताह तथा विद्यालयको विभिन्न आन्तरिक क्रियाकलापहरुमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, पुष्पराम के.सी, नारायणबाबु थापा, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठ तथा उपाध्यक्ष श्रीमती मुना ओझाले समेत उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले शारीरिक तथा मानसिक विकास जीवनको अपरिहार्य तत्वको रुपमा रहेको चर्चा गर्नुहुँदै त्यसका लागि नियमित व्यायाम र खेलकुदकोे अहम भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले खेलकुदले अनुशासन, भाइचारा, असल चरित्र निर्माण, सहयोगी र सहकार्यको भावना अभिबृद्धि गराउनुका साथै कर्तव्यनिष्ठ मानवीय सेवाका गुणहरुको समेत विकास गर्नेे चर्चा गर्नुहुँदै समुन्नत भविष्यका सम्वाहक बालबालिकाहरुले विद्या आर्जनको साथसाथै खेलकुद क्षेत्र लगायतका विभिन्न क्रियाकलापमा देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो । संगठनको उच्च प्राथमिकतामा रहेको एपीएफ स्कुललाई सर्वोत्कृष्ट शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्दै लैजानेतर्फ संगठन प्रयासरत रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले विद्यालयबाट समयसापेक्ष एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा शिक्षक, विद्यार्थी र अभिभावक वर्गको समेत उत्तिकै भूमिका रहने उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठले धन्यवाद ज्ञापन तथा विद्यालयकी प्रधानाचार्य बबिता लाभ कायस्थले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सोही समारोहमा सो विद्यालयका उत्कृष्ट शिक्षक तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो । गत मंसिर २८ गतेबाट संचालित उक्त खेलकुद सप्ताहमा सो विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत तीनसय भन्दा बढी छात्रछात्राहरुले सहभागिता जनाएका थिए । उक्त खेलकुद सप्ताहमा फुटबल, भलिबल, ब्याडमिन्टन, टेवल टेनिस, क्रिकेट, दौड, तेक्वान्दो, कराँते, एथ्लेटिक्स, बास्केटबल लगायतका विभिन्न खेलकुद गतिविधिहरु समेटिएका थिए । बि. सं. २०६२ सालबाट संचालित नेपाल एपीएफ स्कुलमा हाल प्लस टु सम्मको कक्षा संचालन भइरहेको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-05-27
शिलबन्दी बोलपत्र आव्हानको सूचना (स.प्र.बल, नेपाल छिन्नमस्ता गण बर्दिवास, महोत्तरी)
2018-05-25
सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा ।
2018-05-25
सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा तथा पदस्थापना।
2018-05-18
सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन
2018-05-18
आशय पत्र प्रदान गरिएको सूचना
2018-05-17
सशस्त्र प्रहरी बरीष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना सम्बन्धमा।
2018-05-16 - 2018-05-31
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (नेपाल ए.पी.एफ अस्पताल)
2018-05-15
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APFRCISD/NCB/G/01/2074/2075)
2018-05-15
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2074/075
2018-05-14
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. ३-२०७४/०७५
2018-05-14
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०५/०७४-०७५
2018-05-13 - 2018-06-14
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (मद्दती तथा सेवा निर्देशनालय)