एपीएफ टोलीद्वारा आगूऔषधसहित पक्राउ

26th December, 2017
काठमाडौ, रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित गौरभन्सार चेक प्वाइन्टबाट एपीएफ टोली र नेपाल प्रहरीको टोलीले पौष ११ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्लाको मनराकट्टी ७ बस्ने ३२ वर्षिय नितेश सिंहलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज सिंहलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ७२ वटा, डाइजील्याव ५२ वटा, फिरगन ४५ वटा र नोफिन ४१ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका सिंहलाई एपीएफ टोलीले बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी मोरङ जिल्लाको जहदा गाउँपालिका ६ पोखरीयाबाट पौष १० गते एपीएफ टोलीले करीव सात लाख ४९ हजार रुपैयाँ बराबरको आयुर्वेदिक औषधीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जहदा गाउँपालिका ५ बस्ने १८ वर्षिय रुपेश कुमार मण्डल र भारतको अररिया हरिरा ग्राम पञ्चायत ४ बस्ने १८ वर्षिय भुवन कुमार सिंह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई एपीएफ टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उल्लेखित मूल्य बराबरको आयुर्वेदिक औषधि फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको दुई वटा साइकल समेत बरामद गरेको छ । पक्राउ परेका निजहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा दुई वटा साइकलसहितै आवश्यक कारवाहीको लागि रानी भन्सार कार्यालय मोरङमा बुझाएको छ ।

Recruitment Result/ Notice