आगलागी नियन्त्रणमा एपीएफ टोली सक्रिय

30th November, 2017
काठमाडौं, काठमाडौंको गौशालास्थित एक फेन्सी पसलमा मंसिर १३ गते राति भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । त्यसठाँउमा सुदर्शन गौतमले संचालन गरेको विल्डिङ एवान फेन्सी पसलमा आगलागी भएको भन्ने जानकारी प्राप्त भएको केही समयमै काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ गल्फुटारमा निर्वाचन सुरक्षार्थ खटिएको एपीएफ टोली आगलागीस्थलमा पुगेको थियो । सो आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले दमकलको सहयोगमा करीव आधा घण्टाभित्रै नियन्त्रणमा ल्याएका थिए । विद्युतीय तार सर्ट भई सो आगलागी भएको र त्यसबाट पसलमा रहेको विभिन्न फेन्सी सामाग्री तथा नगद लगायत करीव ६५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । यसैगरी कैलालीको टिकापुर नगरपालिका १ समितिपुरस्थित लिलाराम चपाईको घरमा मंसिर १३ गते वेलुका भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । सशस्त्र प्रहरी बल नेपाल उग्रतारा गण टिकापुरबाट सशस्त्र प्रहरी निरीक्षक रन्जन बस्नेतको कमाण्डमा आगलागी नियन्त्रणको लागि एपीएफ टोली खटिएको थियो । वेलुका करीव ६ बजे भएको उक्त आगलागी दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो । विद्युतीय तार सर्ट भई आगलागी भएको बताइएको सो आगलागीमा करीव चार लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-01-19 - 2018-02-21
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/06/2074/075)
2018-01-16
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सूचना
2018-01-14 - 2018-01-30
अस्थाई भबन¸ट्रस्ट¸ मेसिनरी औजार¸जिन्सी मालसामानहरु र सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आहृवानको सूचना
2018-01-10
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
4WD Double Cab Pickup - १६ थानको खरिद कारबाही रद्द गरिएको सूचना
2018-01-03
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल,नेपाल आर्थिक प्रशासन निर्देशनालय)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)
2017-12-24
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-12-21
स.प्र.ज. र स.प्र.प. पदको उम्मेदवारहरुको प्रारम्भिक शारीरिक परीक्षणको परीक्षा सम्बन्धि सूचना
2017-12-21 - 2018-01-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-12-14
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे। (नेपाल एपीएफ स्कुल)