चितवनको चुम्लिङ्गटारस्थित त्रिशुली नदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २७ जना घाइते, उद्धार कार्यमा गोताखोर सहितको एपीएफ टोली परिचालन

29th November, 2017
चितवन, पृथ्बीराजमार्ग अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाँउपालिका ४ चुम्लिङ्गटारस्थित त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा त्यसमा सवार यात्रुहरु मध्ये ८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य २७ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु. २ ख २९१ नम्बरको यात्रुबाहक बस मंसिर १३ गते विहान करीव सवा नौ बजे राजमार्गबाट करीव ३० मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरी उपरीक्षक बीरबहादुर श्रेष्ठको कमाण्डमा गोताखोरसहित खटिएको एपीएफ टोलीले घाइतेहरुको उद्धार गरेको हो । तीब्रगतिमा रहेको सो बस विपरित दिशाबाट आउँदै गरेको ना.६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट तल नदीमा खसेर उक्त दुर्घटना भएको बताइएको छ । घाइते हुनेहरु मध्येका दुई जना भने सो ट्रकका चालक र सहचालक रहेको बताइएको छ । त्यसवेला दुर्घटनामा परेको बस नदीभित्र करीव २५ फिट पानीको गहिराइमा पुरै डुबेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालको गोताखोरले फेला पारी बसभित्रबाट मृतक मध्ये ७ जनाको शव नदी बाहिर निकालेको थियो । एक जनाको भने उपचारको लागि काठमाडौंतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । उद्धार कार्यमा सो तालिम केन्द्रबाट गोताखोरसहितको विपद व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली आवश्यक उद्धार सामाग्रीसहित परिचालन गरिएको थियो । उद्वारमा खटिएका सशस्त्र प्रहरी बल नेपालका गोताखोरले त्यसवेला विभिन्न मेथड अपनाउँदै पानीमा डुबेको बसभित्रबाट शवहरु नदी बाहिर निकालेको थियो । घाइतेहरुलाई नदी किनारमा यत्रतत्र छरिएर रहेको अवस्थामा उद्धार गरिएको हो । घाइतेहरुलाई उपचारको लागि भरतपुर र काठमाडौंतर्फ पठाइएको छ । उद्धार कार्यमा एपीएफ टोली लगायत नेपाली सेना, नेपाल प्रहरी र स्थानीय वासिन्दाको समेत सहभागिता रहेको थियोे ।

RECENT NOTICE ...more

2018-11-16
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचना।
2018-11-13
नयाँ नियूक्ति भएका सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचरहरुको पदस्थापन।
2018-11-11 - 2018-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ३ (नेपाल ए.पी.एफ. अस्पताल)
2018-11-06
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं १ बाहिनी, सुनसरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं २ बाहिनी, महोत्तरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ४ बाहिनी, कास्की)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ७ बाहिनी, कैलाली)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय बर्दाघाट, नवलपरासी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय, नौवस्ता, बाँके)
2018-11-06
सप्रनामनि तथा सप्रबउ ज्यूहरुको सरुवा तथा पदस्थापन
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम