दुर्घटनामा परी घाइते भएकाहरुको एपीएफ टोलीद्वारा उद्धार

25th November, 2017
काठमाडौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका ६ स्थित दुधराक्ष भन्ने स्थानमा मंसिर ८ गते वेलुका भएको दुर्घटनामा परी घाइते भएका यात्रुहरुको एपीएफ टोलीले उद्धार गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख ७६६७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना. ६ ख ९७७३ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बस तथा ट्रकका चालकसहित बसमा सवार २५ जना यात्रुहरु घाइते भएका छन् । सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा गुल्म बुटवलबाट खटिएको एपीएफ टोलीले घाइतेहरुको उद्धार गरेको हो । एपीएफ टोलीले घाइतेहरुलाई उपचारको लागि लम्बिनी अञ्चल अस्पताल बुटवलतर्फ पठाएको छ । यसैगरी महोत्तरी जिल्लाको बलवा नगरपालिका ३ पडौलमा मंसिर ८ गते साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । घाइते सवैको उद्धार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस बनौटाबाट खटिएको एपीएफ टोलीले गरेको हो । बा. २४ प ५०५२ नम्बरको मोटरसाइकल र ज. १ त ८४११ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय महोत्तरी गाँउपालिका ५ बस्ने २० वर्षिय जयकुमार साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-01-19 - 2018-02-21
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/06/2074/075)
2018-01-16
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सूचना
2018-01-14 - 2018-01-30
अस्थाई भबन¸ट्रस्ट¸ मेसिनरी औजार¸जिन्सी मालसामानहरु र सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आहृवानको सूचना
2018-01-10
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
4WD Double Cab Pickup - १६ थानको खरिद कारबाही रद्द गरिएको सूचना
2018-01-03
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल,नेपाल आर्थिक प्रशासन निर्देशनालय)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)
2017-12-24
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-12-21
स.प्र.ज. र स.प्र.प. पदको उम्मेदवारहरुको प्रारम्भिक शारीरिक परीक्षणको परीक्षा सम्बन्धि सूचना
2017-12-21 - 2018-01-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-12-14
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे। (नेपाल एपीएफ स्कुल)