क्यान्सर तथा मुटु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम

07th November, 2017
काठमाडौं, सशस्त्र प्रहरी कर्मचारीहरुलाई क्यान्सर तथा मुटु रोगबारे जानकारी गराउने अभिप्रायले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा कार्तिक २१ गते क्यान्सर तथा मुटु रोग सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र रामशरण पौडेललगायत काठमाडौं उपत्यकास्थित विभिन्न एपीएफ इकाईहरुमा कार्यरत करीव ६ सय जना सशस्त्र प्रहरी अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु सहभागी रहेका थिए । क्यान्सर काउन्सील नेपालसँगको सहकार्यमा सो संघले आयोजना गरेको एक दिवसीय उक्त कार्यक्रममा क्यान्सर तथा मुटु रोग र यसबाट बच्ने उपायका सम्बन्धमा प्रशिक्षण दिइएको थियो । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सो अवसरमा नेपालमा क्यान्सर तथा मुटु रोगको स्थिति, रोग लाग्नुको कारण, रोकथामका लागि अपनाउनु पर्ने उपाय, उपचार पद्धती लगायतका विविध वियषहरुमा सचित्र प्रस्तुतीकरणसहित विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । उहाँले सुर्तीजन्य पदार्थको प्रयोग नै क्यान्सर रोग लाग्नुको प्रमुख कारण भएको चर्चा गर्नुहुँदै सुर्तीजन्य वस्तुको सेवन गर्नेहरुलाई यस किसिमको रोग लाग्ने संभावना अत्यधिक रहने उल्लेख गर्नुभयो । सो अवसरमा क्यान्सर काउन्सील नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सशस्त्र प्रहरी परिवार महिला संघसँगको सहकार्यमा गरिएको यस किसिमका कार्यक्रमले मुटु र क्यान्सर रोगबारे जनचेतना अभिबृद्धि गर्न टेवा पुग्ने बताउनुभयो । स्वागत मन्तव्यको क्रममा संघकी सदस्य सचिव श्रीमती सरस्वती पाण्डेले समाजसेवाका विभिन्न क्षेत्रहरुमा संघले आफ्नोतर्फबाट योगदान पु¥याउँदै आएको चर्चा गर्नुहुँदै सुर्तीजन्य पदार्थको प्रयोगबाट हुन सक्ने असर तथा क्यान्सर र मुटु रोग सम्बन्धी विविध जानकारी हासिल गर्न यस्ता कार्यक्रम उपयोगी रहेको उल्लेख गर्नुभयो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-01-19 - 2018-02-21
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/06/2074/075)
2018-01-16
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सूचना
2018-01-14 - 2018-01-30
अस्थाई भबन¸ट्रस्ट¸ मेसिनरी औजार¸जिन्सी मालसामानहरु र सवारी साधनको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आहृवानको सूचना
2018-01-10
खरिद कारबाही रद्द गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2018-01-10
4WD Double Cab Pickup - १६ थानको खरिद कारबाही रद्द गरिएको सूचना
2018-01-03
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल,नेपाल आर्थिक प्रशासन निर्देशनालय)
2017-12-24 - 1970-01-01
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/05/2074/075)
2017-12-24
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-12-21
स.प्र.ज. र स.प्र.प. पदको उम्मेदवारहरुको प्रारम्भिक शारीरिक परीक्षणको परीक्षा सम्बन्धि सूचना
2017-12-21 - 2018-01-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-12-14
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे। (नेपाल एपीएफ स्कुल)